• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

खास्टे ताल किनारमा जीवन र जगतको खोजी



गण्डकी । पोखरेली साहित्यकारहरूले प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक अभियान ‘अक्षरयात्रा’ सञ्चालन गर्दै आउनुभएको छ । अभियानका क्रममा दुई सय १० औँ श्रृङ्खला लिएर शनिबार साहित्यकारहरू पोखरा महानगरपालिका–२६ स्थित खास्टेताल किनार पुग्नुभयो ।

साहित्यका माध्यमबाट गाउँ पर्यटनलाई जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गतको यस श्रृङ्खलामा कविहरूले खास्टे ताल किनारमा साहित्यीक रचनाका माध्यमबाट जीवन र जगतको यथार्थ खोजी गर्ने प्रयासमा गर्नुभएको थियो ।

खास्टेताल किनारस्थित ज्येष्ठी बाराही मन्दिर परिसरमा अभियानका परिकल्पनाकारमध्येका एक स्वर्गीय प्रकट प¬ङ्गेनी शिवप्रति सम्मान र सम्झना गर्दै सुरूभएको श्रृङ्खलामा २६ जना कवि तथा कवयत्रीले आफ्ना रचनामार्फत जीवन र जगतको खोजी गर्नुभएको थियो । त्यसक्रममा नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष डा ईश्वरमणि अधिकारी, साहित्यकारहरू शिव त्रिपाठी, श्रीराम अधिकारी गोर्जे, प्रेमकुमारी कुँइकेल, ऋषिकेश बराल, निर्मला पौडेल, सावित्री गिरी, बसन्तमोहन भट्टराईलगायत २६ जनाले आफ्ना रचनामार्फत जीवन र जगतका विविध आयाममाथि चर्चा परिचर्चा गर्नुभयो ।

उहाँहरूका रचना सुनिसकेपछि कार्यक्रममा सहभागी पोखरा महानगरपालिका–२६ का वडाध्यक्ष नरेन्द्र थापाले साहित्यिक व्यक्तित्वको उपस्थितिले तालको महिमा र गरिमा अझै बढाएको बताउनुुभयो । उहाँले साहित्य समाजको ऐना भएकाले साहित्यकारको उपस्थितिले खास्टे तालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभयो । उहाँले निकट भविष्यमा साहित्यकार तथा साहित्यीक सङ्स्थासँगको सहकार्यमा राष्ट्रियस्तरको गजलसँग सम्बन्धित कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुुभयो ।

साहित्यकार तीर्थ श्रेष्ठले खास्टेमा लगाइएका कमलका फूलको संरक्षण गर्दै ज्येष्ठी बाराही मन्दिरका माध्यमले धार्मिक पर्यटनलाई बढावा दिन सकिने धारणा राख्नुुभयो । साहित्यकार गणेश पौडेलले स्रष्टाले देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवम् विकाशका लागि विभिन्न ठाउँमा गई कार्यक्रम गर्नु प्रशंसनीय भएको धारणा राख्नुुभयो ।

पोखरा महानगरपालिका–२६ तथा खास्टेताल टोल विकाश संस्थाको व्यवस्थापन र गजलसन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय हरिप्रसाद अधिकारी, बुद्धिराज अधिकारी, ईश्वरराज भण्डारीलगायतले खाष्टे तालका साथै बाराही मन्दिरको महत्वबारे चर्चा गर्नुभएको थियो ।

विसं २०६२ असार १८ देखि गजल सन्ध्या पोखरा र नवनित साहित्यसागरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको अक्षरयात्रा तत्कालीन समयमा साहित्य लेखनमा क्रियाशील प्रकट पगेनी ‘शिव’, दीपक समिप, कृष्ण उदासी, लक्ष्मण थापालगायतको सक्रियतामा सुरू गरिएको थियो । ‘जीवन र जगतको यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने नाराका साथ हरेक श्रृङ्खलामा साहित्यिक रचनाका माध्यमबाट कवि तथा कवयत्रीहरूले समाजका यथार्थलाई प्रस्तुत गर्नु नै यस अभियानको विशिष्टता हो । रासस