२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

विपन्न कृषकलाई अनुदानमा गाई वितरण

विपन्न कृषकलाई अनुदानमा गाई वितरण
अ अ+ अ-

चितवन । चितवनको रत्ननगर नगरपालिकाले यहाँका विपन्न कृषकलाई अनुदानमा गाई वितरण गरेको छ । पशुपालनमार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय विपन्न कृषकलाई ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो ।

नगरपालिकाले विपन्न किसानहरूको पहिचान गरी दुहुना गाई वितरण गरिएको नगरप्रमुख नारायण वनले बताउनुभयो । किसानलाई गाई वितरणका लागि नगरपालिकाको नवौँ नगरसभाले रु एक करोड बजेट विनियोजन गरेकामा सोही बजेटबाट गाई वितरण गरिएको वनको भनाइ थियो । नगरपालिकाको रु एक करोड तथा किसानको रु एक करोड गरी रु दुई करोडको लगानीमा नगरभित्रका २०० विपन्न कृषकलाई दुधालु गाई वितरण गरिने नगरप्रमुख उहाँले जानकारी दिनुभयो ।

यसअघि नगरपालिकाले सुत्केरी पशुलाई भत्ता दिँदै आएको उल्लेख गर्दै नगरप्रमुख वनले अब किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताउनुभयो । विदेशबाट फर्किएर स्वदेशमै केही गर्न इच्छुक युवा र आर्थिक अभावका कारण पशुपालन गर्न नसकेका गरिब किसानको पहिचान गरी गाई वितरण कार्यक्रमलाई अगाडि बढाउने वनको भनाइ छ । कार्यक्रमको शुभारम्भ गर्दै बिहीबारमात्रै १६ किसानलाई अनुदानमा गाई वितरण गरिएको छ ।

नगरप्रमुख वन तथा उपप्रमुख विमला दुवाडीले नगरपालिकामा आयोजित कार्यक्रममा संयुक्तरूपमा कृषकलाई अनुदानका गाई प्रदान गर्नुभएको थियो । नगरपालिकाले अनुदानमा गाई वितरणसँगै गोठ सुधारका लागि रु १० हजारसमेत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताउनुभयो । नगरपालिकाले प्रदान गरेको रु १० हजारमा किसानले रु १० हजार थप गरी रु २० हजारमा गोठ मर्मतको काम गर्नुपर्ने पौडेलले बताउनुभयो ।

विपन्न कृषकले गाई खरिद गर्दा कम्तीमा रु ८० हजार मूल्य बराबरको हुनुपर्ने भन्दै नगरपालिकाका पशु विकास अधिकृत शालिग्राम पौडेलले उक्त गाईले बिहान र बेलुका गरी दैनिक कम्तीमा पनि १० लिटर दूध दिने स्वस्थ गाई हुनुपर्ने बताउनुभयो । नगरपालिकाले किसानको आर्थिक अवस्था मूल्याङ्कन गरी पशुपालनबाटै जीविका चलाउँछु भन्ने विश्वास भएको कृषकलाई मात्र अनुदानमा गाई वितरण गर्ने पौडेलको भनाइ छ ।