४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिटायर्ड हर्ट हुँदै मैदान छाडे लोकेश बम



अ+ अ-

काठमाडौँ । दोस्रो टी–२० खेलमा वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्ने क्रममा नेपाली ओपनर लोकेश बम घाइते भएका छन् ।

ब्याटिङ गरिरहेका उनको खुट्टामा समस्या भएपछि लोकेशलाई मैदानबाटै स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ । उनी १२ बलमा १७ रन जोडेर खेलिरहेका थिए ।

लोकेश रिटायर्ड हर्ट भएपछि उनको स्थानमा अनिल साह ब्याटिङमा उत्रिएका छन् ।