२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता
फाईल फोटो
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ ।

नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनोटमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमका लागि वडा नं १ का १०, २ का १०, ३ का १०, ४ का नौ, ५ का नौ, ६ का तीन, ७ का १०, ८ का १०, ९ का आठ, १० का १०, ११ का १० र १२ का १० परिवार छनोटमा परेका छन् ।

छनोटमा परेका परिवारलाई घरको छानामा जस्तापाता राख्नका लागि पहिलो किस्ताका रूपमा रु ३० हजार रकम बैंक खातामार्फत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी मोहनराज फुलाराले बताउनुभयो । 

 “घरको छानामा पराल, खर, स्याउला, टायललगायतका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुनसक्ने परिवारको छनोट गरी रकम उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “छनोट भएका लाभग्राहीले नगरपालिकाले सिफारिस गरेको बैंकमा खाता खोलेपछि अनुदान सम्झौता भइसकेका लाभग्राहीलाई जस्तापाता, काठलगायतको निर्माण सामग्री खरिद गर्न अनुदान रकमको पहिलो किस्ता उपलव्ध गराइएको छ ।” 

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७७ अनुसार अनुदान उपलब्ध गराउँदा नगरपालिकासँग सम्झौता भएपछि पहिलो किस्तावापत साठी प्रतिशत रकम उपलब्ध गराइने व्यवस्था छ ।

“लाभग्राहीले सो रकम जस्तापाता र काठलगायतका सामग्री खरिद गरी निर्माण अघि बढाउनका लागि खर्च गर्नुपर्ने हुन्छ”, सूचना अधिकारी फुलाराले भन्नुभयो, “प्राप्त पहिलो किस्ताको रकमबाट जस्तापाता र काठलगायतको सामग्री खरिद गरी निर्माण सम्पन्न भएको भनी नगरपालिकाका प्राविधिकले कार्यविधिको अनुसूची ३ बमोजिमको प्राविधिक प्रतिवेदनसहित गरेको सिफारिसका आधारमा लाभग्राहीलाई दोस्रो तथा अन्तिम किस्तावापतको रु २० हजार ९चालिस प्रतिशत० अनुदान रकम उपलब्ध गराइने छ ।”

प्राविधिकबाट अनुुसूची ३ बमोजिम प्रतिवेदन पेश भई नगरपालिकाले प्रमाणित गरेपछि निर्माणकार्य सम्पन्न भएको मानिने छ । “संविधानको मौलिक हकअन्तर्गतको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने छ भन्ने उल्लेख गरिएको छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भन्नुभयो, “नगरपालिकामा बसोबास गर्ने सबै नागरिकसँग सुरक्षित आवासको व्यवस्थाका लागि कार्य अगाडि बढाएका छौँ ।

कार्यक्रमअन्तर्गत अत्यन्तै जोखिममा रहेका आर्थिक अवस्थाले सुरक्षित आवास निर्माण गर्न नसक्ने परिवारको छनोट गरी छानामा जस्तापाता र काठको व्यवस्था गर्न रकम उपलब्ध गराइएको छ ।” सुरक्षित आवास निर्माणपछि आगो, हावाहुरी, वर्षा, हिंस्रक जनावर र सर्पलगायतका विषालु जीवजन्तुबाट विपन्न परिवारले छुटकारा पाउने उहाँले बताउनुभयो । “सहज सुरक्षितरुपमा घरमा बस्न सकुन भनेर विपन्न परिवारलाई कार्यक्रममा समेटेका छौँ” उहाँले भन्नुभयो ।

नगरपालिकाको वडा नं १ का सेरे सार्कीले काठको कच्ची घरमा आर्थिक अवस्था कमजोर हुँदा टायलसमेत राख्न नपाइएको अवस्थामा नगरपालिकाले सुरक्षित आवास निर्माणका लागि काठ र जस्तापाता खरिद गर्न रकम प्रदान गरेपछि निकै सहज भएको बताउनुभयो ।

“दैनिक ज्याला–मजदुरी गरी जीविका चलाउँदै आएका छौँ” उहाँले भन्नुभयो, “त्यसले साँझ–बिहानको खाना खर्च चलाउनमै ठिक हुन्छ । सुरक्षित घर निर्माणका लागि रकम जम्मा गर्न नसक्दा हावाहुरी आउँदा खरले छाएको छाना उडाएर बिजोग नै बनाउँदथ्यो । वर्षात्को पानी चुहिएर निथु्रक्क भिजेर बस्नुपर्ने अवस्था थियो । नगरपालिकाले बैंकमा खाता खोल्न लगाएर त्यसमा पैसा उपलब्ध गराएपछि घरको छानामा जस्तापाता राख्नका लागि निकै सहज भएको छ ।” 

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५ को दफा ६ बमोजिम कुनै पनि व्यक्तिले झुटा विवरण पेश गरी अनुदान रकम लिएको पाइए वा जुन प्रयोजनका लागि अनुदान रकम उपलब्ध गराइएको हो सोही प्रयोजनका लागि खर्च नगरी अन्य प्रयोजनमा खर्च गरेको पाइएमा अनुदान रकम नगरपालिको असुलउपर गर्ने जनाएको छ । रासस