१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता
फाईल फोटो
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ ।

नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनोटमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमका लागि वडा नं १ का १०, २ का १०, ३ का १०, ४ का नौ, ५ का नौ, ६ का तीन, ७ का १०, ८ का १०, ९ का आठ, १० का १०, ११ का १० र १२ का १० परिवार छनोटमा परेका छन् ।

छनोटमा परेका परिवारलाई घरको छानामा जस्तापाता राख्नका लागि पहिलो किस्ताका रूपमा रु ३० हजार रकम बैंक खातामार्फत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी मोहनराज फुलाराले बताउनुभयो । 

 “घरको छानामा पराल, खर, स्याउला, टायललगायतका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुनसक्ने परिवारको छनोट गरी रकम उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “छनोट भएका लाभग्राहीले नगरपालिकाले सिफारिस गरेको बैंकमा खाता खोलेपछि अनुदान सम्झौता भइसकेका लाभग्राहीलाई जस्तापाता, काठलगायतको निर्माण सामग्री खरिद गर्न अनुदान रकमको पहिलो किस्ता उपलव्ध गराइएको छ ।” 

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७७ अनुसार अनुदान उपलब्ध गराउँदा नगरपालिकासँग सम्झौता भएपछि पहिलो किस्तावापत साठी प्रतिशत रकम उपलब्ध गराइने व्यवस्था छ ।

“लाभग्राहीले सो रकम जस्तापाता र काठलगायतका सामग्री खरिद गरी निर्माण अघि बढाउनका लागि खर्च गर्नुपर्ने हुन्छ”, सूचना अधिकारी फुलाराले भन्नुभयो, “प्राप्त पहिलो किस्ताको रकमबाट जस्तापाता र काठलगायतको सामग्री खरिद गरी निर्माण सम्पन्न भएको भनी नगरपालिकाका प्राविधिकले कार्यविधिको अनुसूची ३ बमोजिमको प्राविधिक प्रतिवेदनसहित गरेको सिफारिसका आधारमा लाभग्राहीलाई दोस्रो तथा अन्तिम किस्तावापतको रु २० हजार ९चालिस प्रतिशत० अनुदान रकम उपलब्ध गराइने छ ।”

प्राविधिकबाट अनुुसूची ३ बमोजिम प्रतिवेदन पेश भई नगरपालिकाले प्रमाणित गरेपछि निर्माणकार्य सम्पन्न भएको मानिने छ । “संविधानको मौलिक हकअन्तर्गतको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने छ भन्ने उल्लेख गरिएको छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भन्नुभयो, “नगरपालिकामा बसोबास गर्ने सबै नागरिकसँग सुरक्षित आवासको व्यवस्थाका लागि कार्य अगाडि बढाएका छौँ ।

कार्यक्रमअन्तर्गत अत्यन्तै जोखिममा रहेका आर्थिक अवस्थाले सुरक्षित आवास निर्माण गर्न नसक्ने परिवारको छनोट गरी छानामा जस्तापाता र काठको व्यवस्था गर्न रकम उपलब्ध गराइएको छ ।” सुरक्षित आवास निर्माणपछि आगो, हावाहुरी, वर्षा, हिंस्रक जनावर र सर्पलगायतका विषालु जीवजन्तुबाट विपन्न परिवारले छुटकारा पाउने उहाँले बताउनुभयो । “सहज सुरक्षितरुपमा घरमा बस्न सकुन भनेर विपन्न परिवारलाई कार्यक्रममा समेटेका छौँ” उहाँले भन्नुभयो ।

नगरपालिकाको वडा नं १ का सेरे सार्कीले काठको कच्ची घरमा आर्थिक अवस्था कमजोर हुँदा टायलसमेत राख्न नपाइएको अवस्थामा नगरपालिकाले सुरक्षित आवास निर्माणका लागि काठ र जस्तापाता खरिद गर्न रकम प्रदान गरेपछि निकै सहज भएको बताउनुभयो ।

“दैनिक ज्याला–मजदुरी गरी जीविका चलाउँदै आएका छौँ” उहाँले भन्नुभयो, “त्यसले साँझ–बिहानको खाना खर्च चलाउनमै ठिक हुन्छ । सुरक्षित घर निर्माणका लागि रकम जम्मा गर्न नसक्दा हावाहुरी आउँदा खरले छाएको छाना उडाएर बिजोग नै बनाउँदथ्यो । वर्षात्को पानी चुहिएर निथु्रक्क भिजेर बस्नुपर्ने अवस्था थियो । नगरपालिकाले बैंकमा खाता खोल्न लगाएर त्यसमा पैसा उपलब्ध गराएपछि घरको छानामा जस्तापाता राख्नका लागि निकै सहज भएको छ ।” 

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५ को दफा ६ बमोजिम कुनै पनि व्यक्तिले झुटा विवरण पेश गरी अनुदान रकम लिएको पाइए वा जुन प्रयोजनका लागि अनुदान रकम उपलब्ध गराइएको हो सोही प्रयोजनका लागि खर्च नगरी अन्य प्रयोजनमा खर्च गरेको पाइएमा अनुदान रकम नगरपालिको असुलउपर गर्ने जनाएको छ । रासस