२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण



अ+ अ-

दमौली । तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका छन् । वडा कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउने उद्देश्यसहित वडा कार्यालय भवन निर्माण गरिएका हुन् ।

देवघाट गाउँपालिका–४ र ५ को भवन निर्माण सकेर नयाँ भवनबाट सेवा प्रवाह भएको छ । जिल्ला समन्वय समिति तनहुँ र देवघाट गाउँपालिकाको संयुक्त लगानी रु ८३ लाख १४ हजार आठ सय तीनमा देवघाट गाउँपालिका–४ को भवन निर्माण गरिएको हो भने वडा नं ५ को भवन रु ९४ लाख नौ हजारको लागतमा निर्माण भएको हो । सोही वडामा रहेको चक्रवर्ती आधारभूत विद्यालयको स्वामित्वको जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

यसैबीच, विद्यालयका प्रधानाध्यापक गीता रानाभाटले भने विद्यालयलाई नै जग्गा अपुग भइरहेको अवस्थामा कुनै परामर्श नै नगरी विद्यालयको जग्गामा वडा कार्यालयको भवन बनाइएको गुनासो गर्नुभएको छ ।

यसैगरी देवघाट गाउँपालिका–५ क्युँदीमा रु पाँच करोड ४१ लाख ४९ हजार पाँच सय ८० मा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । भवनका निम्ति गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाख प्रदान गरेको थियो । भवनमा दुई सय सीट क्षमताको सभाकक्ष पनि छ । रासस