२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण



अ+ अ-

दमौली । तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका छन् । वडा कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउने उद्देश्यसहित वडा कार्यालय भवन निर्माण गरिएका हुन् ।

देवघाट गाउँपालिका–४ र ५ को भवन निर्माण सकेर नयाँ भवनबाट सेवा प्रवाह भएको छ । जिल्ला समन्वय समिति तनहुँ र देवघाट गाउँपालिकाको संयुक्त लगानी रु ८३ लाख १४ हजार आठ सय तीनमा देवघाट गाउँपालिका–४ को भवन निर्माण गरिएको हो भने वडा नं ५ को भवन रु ९४ लाख नौ हजारको लागतमा निर्माण भएको हो । सोही वडामा रहेको चक्रवर्ती आधारभूत विद्यालयको स्वामित्वको जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

यसैबीच, विद्यालयका प्रधानाध्यापक गीता रानाभाटले भने विद्यालयलाई नै जग्गा अपुग भइरहेको अवस्थामा कुनै परामर्श नै नगरी विद्यालयको जग्गामा वडा कार्यालयको भवन बनाइएको गुनासो गर्नुभएको छ ।

यसैगरी देवघाट गाउँपालिका–५ क्युँदीमा रु पाँच करोड ४१ लाख ४९ हजार पाँच सय ८० मा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । भवनका निम्ति गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाख प्रदान गरेको थियो । भवनमा दुई सय सीट क्षमताको सभाकक्ष पनि छ । रासस




भर्खरै