२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी सम्मेलन सुरु (फोटो फिचरसहित)



अ+ अ-

काठमाडौं । लामो समयको गृहकार्यपछि तेस्रो लगानाी सम्मेलन आज सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा सुरु सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो ।

सम्मेलनका लागि संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रका गरी १ सय ५० वटा परियोजना प्रस्तुत गर्ने तयारी सरकारको छ ।

सम्मेलनमा ५५ देशका १६ यभन्दा बढी लगानीकर्ता सहभागी हुने नेपाल लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ९ खर्ब रुपैयाँ बराबरका परियोजना प्रस्तुत गरिने भएको छ ।

सम्मेलनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आइसकेका छन् । केही लगानीकर्ता आज आउने छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ६ वटा सत्र सञ्चालन हुने छन् । उर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक, पूर्वाधार तथा व्यापार, स्वास्थ्य र शिक्षालगायतका विविध क्षेत्रका परियोजना रहेको बोर्डले जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । लगानी बोर्डको ५८ औं बैठकले तेस्रो लगानी सम्मेलनमा आययपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोज्नेलगायतका सरकारी तथा निजी गरी १ सय ४८ वटा परियोजनाको सूची स्वीकृत गरेको छ ।

https://www.facebook.com/IBNOffice/videos/1656623468208163




भर्खरै