९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी



अ+ अ-

बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ सङ्क्रमित देखिएका हुन् ।
 
तीमध्ये थप ६५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार  जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना  चीन भित्रैका नागरिकमा पाइएको हो ।
 
यहाँका स्थानीय नागरिकहरुबाटै ती  जना व्यक्ति सङक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ ।   चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।
 
शनिबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ सङ्क्रमित भेटिन थालेका बताइएको छ ।
 
सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।उता बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि केही हप्तायता धेरै जनाको ज्यान जान थालेको बताएका छन् ।
 
उनीहरुले त्यहाँ नयाँ प्रजातिका सङ्क्रमितहरु पनि झन् बढ्न थालेको र यसबाट यहाँका धेरै नागरिकको ज्यान जाने गरेको बताउने गरेका छन् । बेलायतबाटै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।
 
विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत विश्वका धेरै देशमा पुगेको र पहिलेको भन्दा बढी घातक रहेको बताएको छ । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।