• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला ★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन

इलाममा आज रातिदेखि नै मतगणना थालिने



काठमाडौं । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ मा जारी उपनिर्वाचनको मतगणना आजै रातिबाट शुरु गर्ने जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलामको मतगणना राति १२ बजेअघि नै शुरु गर्न निर्देशन दिईएको बताए ।

सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका आइसक्ने अनुमान गरिएको आयुक्त थपलियाले बताए । इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तै, उनले बझाङको मत भने आइतबार बिहान ११ बजेदेखि गणना थालिने जानकारी दिए । बझाङमा ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने अपेक्षा गरिएको उनले बताए ।