• १८ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 31 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २०५ रनको लक्ष्य



काठमाडौँ । पाँच खेलको टी २० श्रृंखलाअन्तरगतको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितको लागि २०५रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो ।

वेष्ट इन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेजले सर्वाधिक रन बनाए । उनले ४६ बलमा ७४ रन बनाए । यस्तै, केसी कार्टीले ३८,
कडीम एलेनले१४, , आन्द्रे फ्लेचरले १३ रन बनाए ।

नेपालको लागि कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र अभिनाश बोहराले समान एक एक विकेट लिए ।

अब नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।