२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले भिसा नपाउनुमा क्यानको दोष छैन: अध्यक्ष चन्द



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिनुमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीको कमजोरी नरहेको भन्दै अध्यक्ष चतुरबहादुर चन्दले स्पष्टिकरण दिएका छन् ।

१५ सदस्यीय स्क्वाडमा सन्दीपलाई समावेश नगरेका कारण अमेरिकाले भिसा नदिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेपछि अध्यक्ष चन्दले त्यसको खण्डन गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै सन्दीपले सफाइ पाएलगत्तै आइसीसीसँग समन्वय गरेर उनलाई स्क्वाडमा समावेश गरिएको बताए । सन्दीपलाई विश्वकपका लागि भिसा दिन आईसीसीले पठाएको पत्र सार्वजनिक गर्दै उनले सन्दीपलाई टीममै नराखिएको भन्ने कुरामा सत्यता नरहेको बताए ।

चन्दले सन्दीपसहित १५ सदस्यीय स्क्वाड पहिल्यै पठाएकोमा उनको स्थानमा सम्भावित प्रतिस्थापन हुने खेलाडीको मनोबल कमजोर हुन नदिन यो कुरा गोप्य राखेको बताए ।

अमेरिकी दुतावासले दोस्रो पटक पनि भिसा अस्वीकृत गरेपछि सन्दीपका प्रशंसकहरु आक्रोशित भएका छन् । उनीहरुले सन्दीपलाई भिसा नदिनुमा क्यानको व्यवस्थापनमाथि प्रश्न उठाईरहेका छन् ।

यी कुराहरुको खण्डन गर्दै चन्दले क्यान पदाधिकारीमाथि झुठो र अनुमानका आधारमा तथ्यहिन कुरा गरेर क्रिकेटप्रेमीलाई भ्रममा नपार्न समेत आग्रह गरेका छन् ।