२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले भिसा नपाउनुमा क्यानको दोष छैन: अध्यक्ष चन्द



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिनुमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीको कमजोरी नरहेको भन्दै अध्यक्ष चतुरबहादुर चन्दले स्पष्टिकरण दिएका छन् ।

१५ सदस्यीय स्क्वाडमा सन्दीपलाई समावेश नगरेका कारण अमेरिकाले भिसा नदिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेपछि अध्यक्ष चन्दले त्यसको खण्डन गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै सन्दीपले सफाइ पाएलगत्तै आइसीसीसँग समन्वय गरेर उनलाई स्क्वाडमा समावेश गरिएको बताए । सन्दीपलाई विश्वकपका लागि भिसा दिन आईसीसीले पठाएको पत्र सार्वजनिक गर्दै उनले सन्दीपलाई टीममै नराखिएको भन्ने कुरामा सत्यता नरहेको बताए ।

चन्दले सन्दीपसहित १५ सदस्यीय स्क्वाड पहिल्यै पठाएकोमा उनको स्थानमा सम्भावित प्रतिस्थापन हुने खेलाडीको मनोबल कमजोर हुन नदिन यो कुरा गोप्य राखेको बताए ।

अमेरिकी दुतावासले दोस्रो पटक पनि भिसा अस्वीकृत गरेपछि सन्दीपका प्रशंसकहरु आक्रोशित भएका छन् । उनीहरुले सन्दीपलाई भिसा नदिनुमा क्यानको व्यवस्थापनमाथि प्रश्न उठाईरहेका छन् ।

यी कुराहरुको खण्डन गर्दै चन्दले क्यान पदाधिकारीमाथि झुठो र अनुमानका आधारमा तथ्यहिन कुरा गरेर क्रिकेटप्रेमीलाई भ्रममा नपार्न समेत आग्रह गरेका छन् ।

https://www.facebook.com/chaturbahadur.chand/posts/2142537376122722?ref=embed_post