१२ असार २०८३, शुक्रबार
,
Latest
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको आक्रमणबाट एक जना घाइते



file photo
अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित भगवती सामुदायिक वनमा चितुवाको आक्रमणबाट स्थानीय २६ वर्षीय रविन्द्र धामी घाइते भएका हुन् । वनमा स्याउला टिप्न गएका बेला चितुवाले उनलाई आक्रमण गरी घाइते बनाएको हो । घाइते धामीको कैलालीको धनगढीमा उपचार भइरहेको छ ।

यहाँको पारिफाँटा, मरभोजलगायत क्षेत्रमा पछिल्लो समय चितुवाले स्थानीयलाई आक्रमण गर्ने क्रम बढेको स्थानीयले बताएका छन् । भवगती सामुदायिक वनका अध्यक्ष केशव धामीले वनको नर्सरीभित्र चन्दले स्याउला टिपिरहेका बेला चितुवाले आक्रमण गरेको बताउनुभयो । उनको हात र टाउकोमा घाउ छ ।रासस