• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन ★   सूचना प्रविधिको ‘हब’का रुपमा विकास गरिने ★   वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छुः अर्थमन्त्री पुन ★   जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन ★   ऊर्जामा ठूला आयोजना सुरु हुने, कूल जडित क्षमता ४५ सय मेगावाट पुग्ने ★   श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ विनियोजन ★   भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने ★   स्टार्टअप उद्यमीलाई सहजिकरणको लागि सहजिकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गर्ने घोषणा ★   पहिरो खसेपछि बस्ती तितर बितर ★   आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने

समीरको ‘पैसाको उडान’ बजारमा



काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको छ । लघुकथामा आफ्नो परिचय बनाइसक्नुभएका समीरको प्रस्तुत ५६ अध्याय रहेको कृति ‘मृत्युको आयु’ र ‘कोरोनातन्त्र’ जस्तै लघुकथा शैलीमा लेखिएको छ ।

अकल्पनीय रूपमा अर्बपति भएको एक नेता पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँसुजस्ता अभौतिक वस्तु किन्ने दौडमा रहन्छ र उसको मानसिकता विचलनमा आउँछ । सँगै राजनीति गरेको सुदामाको आदर्श जीवनलाई पनि उपन्यासका हरेक कथामा संँगसँंगै बुनिएको छ ।

शिखा बुक्सले प्रकाशन गरेको कृतिमा पैसाको महत्त्व मात्र नभई सीमितताबारे मार्मिक ढङ्बाट प्रस्तुत गरिएको छ । विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको विकासले मानव सभ्यतामाथि के कस्तो प्रभाव पार्न सक्छ र अत्यधिक पैसाले जीवनमा के कस्ता दुष्प्रभाव पार्छ भन्ने कोणबाट उपन्यास लेखिएको छ ।

चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिनिनुभएका र युवा वर्ष मोती, उत्तम शान्ति, पद्मश्री र अनेसास पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार–सम्मान प्राप्त गर्नुभएका समीरका यसअघि ‘अर्जुनदृष्टि’, ‘ईश्वरका कथा’, ‘अणु र पहाड’, ‘ग्रेटवालको ग्रेट अनुभूति’, ‘भूकम्पमा मल्हमपट्टी’, ‘एकलव्य दृष्टि’ लगायत १४ साहित्यिक कृति प्रकाशन भइसकेका छन् । रासस