२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

पहिलो चरणमा ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप दिईने

पहिलो चरणमा ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप दिईने
अ अ+ अ-

काठमाडौँ । सरकारले पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार फोहोर व्यवस्थापनमा खटिने संकलक तथा चालक, एम्बुलेन्स र शव वाहनका चालकरसहचालक, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेशबिन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, महिला स्वयंसेविका र वृद्धाश्रमको हेरचाहमा खटिने व्यक्तिलाई खोप दिन लागिएको हो ।

‘पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने गरी काम तीव्र भइरहेको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने । खोपको ढुवानी आइतबारदेखि सुरु भएको स्वास्थ्य सेवा विभागका आपूर्ति महाशाखा प्रमुख भीमसिंह तिंकरीले बताए । खोप लगाउनेमध्ये कुन समूहका कति छन् भन्ने यकिन विवरण भने सार्वजनिक भएको छैन । स्वास्थ्यमन्त्री त्रिपाठीले खोप लगाउने व्यक्तिको विवरण खोप केन्द्रमा सार्वजनिक गरिने बताए ।

विभागले आइतबार तीन वटा गाडीमार्फत प्रदेशमा खोप पठाएको हो । एउटामा प्रदेश १, दुई र वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुलीका लागि खोप पठाइएको विभागले जनाएको छ । अर्को गाडीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि पठाइएको छ । पोखराका लागि छुट्टै गाडीमा पठाइएको विभागले जनाएको छ । ‘सबै प्रदेशमा सोमबारसम्म खोप पुगिसक्छ,’ तिंकरीले भने । खोप बोक्ने गाडीको निगरानी गर्न जीपीएस जडान गरिएको छ ।

‘खोप बोकेर गएको गाडी कुन बेला कहाँ पुग्यो ? उसको गति कति छ भन्ने काठमाडौंबाटै निगरानी गरिरहेका छौं,’ एक प्राविधिकले भने । प्रदेशले हरेक जिल्लालाई आवश्यक पर्ने खोप वितरण गर्नेछ । वाग्मतीका काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, रसुवा र धादिङमा सोमबारसम्म खोप ढुवानी भइसक्ने उनले बताए । भक्तपुरमा आइतबार नै चार हजारभन्दा बढी डोज खोप पठाइसकेको छ ।

विभागले यसअघि संकलन गरेको तथ्यांकअनुसार स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाइ कर्मचारी, शव व्यवस्थापनमा खटिने, एम्बुलेन्स चालक र कर्मचारी गरी २ लाख १८ हजार ६ सय ९० जना खोप लगाउनेको सूची छ । जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्थानीय तह, अस्पताल, अन्य संस्थाबाट संकलन गरिएको तथ्यांकका आधारमा खोप दिने व्यक्ति पहिचान गरिएको हो । खोप लगाउनेमा काठमाडौंमा सबैभन्दा धेरै ३१ हजार ७ सय १९ जना छन् ।

सबैभन्दा कम मुगुमा ९४ जना छन् । प्रदेशअनुसार सबैभन्दा बढी वाग्मतीमा ६३ हजार ३ सय ६० को नाम खोप लगाउने सूचीमा समावेश छ । त्यस्तै प्रदेश १ मा ३५ हजार ५ सय ७६, प्रदेश २ मा ३४ हजार ८ सय चार, गण्डकीमा १७ हजार ६ सय ३०, लुम्बिनीमा ३९ हजार ४ सय ९५, कर्णालीमा ११ हजार ५ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १६ हजार २ सय ९३ जनाको नाम सूचीमा उल्लेख छ ।

खोप लगाउने सरकारी स्वास्थ्यकर्मी ५० हजार २ सय ८ जना छन् । सरकारी स्वास्थ्य संस्थामै कार्यरत कर्मचारी, एम्बुलेन्स चालक ७ हजार २ सय ७९ जना छन् । निजी स्वास्थ्य संस्थामा ५५ हजार ६ जनालाई खोप लगाउने सूची बनेको छ । त्यस्तै वडास्तरका महिला स्वयंसेविका ४४ हजार २ सय ७७ जना रहेको विभागले जनाएको छ । सरसफाइतर्फ ६ हजार ८ सय ११ जनाको विवरण संकलन भएको छ ।

‘यो तथ्यांक अधुरो हुन सक्छ । अग्रपंक्तिमा कार्यरत सबै स्वास्थ्यकर्मी, सफाइकर्मीसहित ३ लाखभन्दा बढी हुनुपर्ने हो,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘पूर्ण विवरण अन्तिम चरणमा पुगेको छ ।’ मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार खोप कार्डसमेत वितरण गर्न सकिन्छ ।

खोप लगाउनेको व्यक्तिगत विवरण अनलाइन भर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ । विवरणमा खोप लगाउने व्यक्तिको नाम, उमेर, ठेगाना, कार्यरत कार्यालय, काम गरेको अवधि र नागरिकता नम्बरसमेत उल्लेख गर्नुपर्ने हुन्छ । ‘पछिल्लो पटक संकलन भएको विवरणले खोप लगाउनेको यकिन तथ्यांक आउन सक्छ,’ डा। पोखरेलले भने ।

बुधबारदेखि अभियान

कोरोनाविरुद्धको खोप अभियान आगामी बुधबारदेखि सुरु हुने स्वास्थ्यमन्त्री त्रिपाठीले बताएका छन् । पहिलो चरणको राष्ट्रिय खोप अभियान १० दिनभित्र पूरा गरिने छ । नेपालमा ल्याइएको खोप दक्षिण एसिया, युरोप र अमेरिकामा समेत लगाइराखिएकाले सबैलाई निर्धक्क रूपमा लगाउन उनले अनुरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुधबार बिहान खोप अभियानको शुभारम्भ हुने जनाउँदै मन्त्री त्रिपाठीले यसक्रममा सातवटै प्रदेशका अस्पताल र काठमाडौंमा रहेका अस्पताल भर्चुअल विधिले जोडिने जानकारी दिए । अहिले प्रदेशका ६२ अस्पताल तथा १२० भन्दा बढी खोप केन्द्रबाट र माघ १८ गतेभित्र ७७ जिल्लाका ३ सय खोप केन्द्रबाट खोप लगाइने उनले बताए । कान्तिपुर दैनिक