२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’: ‘माइण्ड ब्लोइङ’



अ+ अ-

काठमाडौँ । शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोक्सीको घर’ को प्रिमियर भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीद्ध चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शो कार्यक्रमपछि सिनेपत्रकारहरुसँग कुरा गर्दै कलाकारहरुले चलचित्रले सामाजिक कथावस्तु बोकेको र कप्रथालाई अन्त्य गर्न सन्देश दिएको बताए । उनीहरुले यस किसिमका चलचित्रहरु सबैले हेर्नुपर्ने बताए ।

कार्यक्रमपछि बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘माइण्ड ब्लोइङ’ रहेको प्रतिक्रिया दिनुभयो । उहाँले चलचित्र चुनौतिपूर्ण विषयमा बनेको बताउनु भयो । उहाँले आजको दिनमा यस विषयमा चलचित्र निर्माण गर्नु नै चुनौतिको विषय भएको बताउनु भयो । त्यस्तै अभिनेता शोभित बस्नेतले बोक्सीको घटना आफूले नदेखेको र विश्वास पनि नरहेको बताउनु भयो ।

उहाँले महिलालाई बोक्सीको आरोपमा पीडित बनाएको कथावस्तुहरु फिल्ममा उतारिएको बताउनु भयो । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले बोक्सीको घर चलचित्रको विषय चलचित्रकर्मीहरुले उठाउनुपर्ने विषय भएको बताउनु भयो । उहाँले विकृति, विसंगतिलाई चिर्नुपर्ने ऐनाको पर्यायको रुपमा बोक्सीको घर निर्माण भएको बताउनु भयो । त्यस्तै अभिनेत्री निशा अधिकारीले चलचित्र सबै किसिमबाट उत्कृष्ट रहेको बताउनु भयो । उहाँले चलचित्र बन्नु नै पर्ने रहेको बताउनु भयो । त्यस्तै अभिनेत्री बेनिसा हमालले चलचित्रले कुप्रथा र अन्धविश्वासलाई मान्न नहुने सन्देश दिएको बताउनु भयो । उहाँले अहिले पनि समाजमा धेरै महिलाहरु यस प्रकारको कुप्रथाबाट पीडित रहेको बताउनु भयो । अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र उत्कृष्ट रहेको र समाजको कथा बोकेको बताउनु भयो ।

उहाँले महिलालाई बोक्सी भनिन्छ भनेर पुरुषलाई भन्नुपर्छ भन्नेतिर नभइ कसैलाई पनि यसबाट पीडित बनाउनेतिर लाग्नु नहुने बताउनु भयो । अभिनेत्री केकी अधिकारीले चलचित्रमा सामाजिक यथार्थवादी चित्रण गरिएको बताउनु भयो । उहाँले एउटा व्यक्तिको जीवन यात्राको कथा चलचित्रमा समेटिएको बताउनु भयो । समाजका कुऋतिका कारण उज्वल भविष्य बनाउनसक्ने व्यक्तिको जीवन सकिन्छ भन्नेकुरा चलचित्रमा देखाइएको बताउनु भयो । अभिनेता सलोन बस्नेतले सुनेका कुराहरु सिनेमामा देखाउन खोजेको कुराले मन छोएको र समुदायको घटनालाई आवाज उठाएकोमा खुशी लागेको बताउनु भयो ।

चलचित्र बोक्सीको घर शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रुर बन्नसक्छ भन्ने तथ्यलाई समेत कलात्मक ढंगले फिल्ममा देखाइएको छ । चलचित्रका लेखक एवं निर्देशक सुलक्षण भारती हुनुहुन्छ । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सविन बाँस्तोला, सुपला सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।