• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

आईपीएल: दोस्रो स्थानको लागि हैदरावाद र दोस्रो जितको लागि बेंगलुरु भिड्दै



एजेन्सी । आईपीएल २०२४ को ४१ औँ खेलमा आज सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्दैछ । हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोली यो सिजन दोस्रो पटक आमनेसामने हुँदैछन् । बेंगलुरुमा भएको अन्तिम खेलमा घरेलु टोली २५ रनले पराजित भएको थियो । यो खेलमा हैदरावादले आईपीएलको सबैभन्दा बढी स्कोर (२८७) बनाएको थियो।

यो हैदरावादको सिजनको आठौं खेल हुनेछ। ७ खेलमा ५ जित र २ हारसहित १० अंक जोडेको टोली अंक तालिकाको तेस्रो स्थानमा छ । अर्कोतर्फ, बैंगलोरुले आफ्नो नवौं खेल खेल्दैछ। टोलीले ८ मध्ये १ खेल मात्र जितेको छ भने ७ खेलमा हार बेहोरेको छ । आरसीबी २ अंकसहित तालिकाको पुछारमा १० औं स्थानमा छ ।

हेड टु हेडमा बेंगलुरुमाथि हैदरावादको हावी

हैदरावादले बेंगलुरुलाई हेड टु हेडमा हावी गरेको छ । यी दुई टोलीबीच हालसम्म आईपीएलमा कुल २४ वटा खेल भएका छन् । हैदरावादले १३ र बेंगलुरुले १० जित हात पारेको छ । जबकि एक खेलको नतिजा भने हुन सकेन ।

हैदरावादका ब्याट्सम्यानको उत्कृष्ट फर्म जारी, हेडले बनाए ३०० भन्दा बढी रन

सिजनको पहिलो खेलमा हैदरावाद कोलकातासँग पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईलाई पराजित गरेको थियो । तेस्रो खेलमा पनि गुजरातसँग पराजित भएपनि त्यसपछि लगातार चेन्नई, पञ्जाब, बैंगलोर र दिल्ली गरि ४ खेल जितेको थियो ।

हैदरावादका ट्राभिस हेड, हेनरिक क्लासेन र अभिषेक शर्मा उत्कृष्ट लयमा छन् । तीनै जनाले २५० भन्दा बढी रन बनाएका छन् । हेड सर्वाधिक ३२४ रन बनाएका छन् । बलिङमा टी नटराजन १० विकेट लिएका छन् । कप्तान प्याट कमिन्सले ९ विकेट लिएका छन् ।

कोहली आरसीबी र लिग दुवैमा सर्वाधिक रन स्कोरर

बैंगलोरले सिजनका ७ खेलमा हार बेहोरेको छ । टोली चेन्नई, कोलकाता, लखनऊ, राजस्थान, मुम्बई, हैदरावाद र कोलकातासँग पराजित भएको थियो । टोलीले पन्जाबविरुद्धको एक खेल मात्र जितेको थियो ।

टोलीका पूर्व कप्तान विराट कोहली पनि यो सिजन आरसीबी र लिगका सर्वाधिक रन स्कोरर हुन्। अहिले कोहली मात्र ओरेन्ज क्याप भएका छन् । उनको नाममा ८ खेलमा ३ सय ७९ रन छन् । बलिङमा यश दयाल ७ विकेट लिएर शीर्ष स्थानमा छन् ।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ​ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, एडेन मार्कराम, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकीपर), अब्दुल समद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

ईम्प्याक्ट प्लेयर: वाशिंगटन सुन्दर।

रोयल च्यालेन्जर्स बैंगलोरुको सम्भावित प्लेईङ​ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, रजत पाटीदार, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरोर, कर्ण शर्मा, लोकी फर्गुसन, मोहम्मद सिराज र यश दयाल।

ईम्प्याक्ट प्लेयर: सुयश प्रभुदेसाई।