१ आश्विन २०८३, बिहीबार
,
Latest
रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल जलवायु कुटनीतिलाई भारत–चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छः डा. ढकाल कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद गुरुङको निलम्बन फुकुवा



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएकोपछि निलम्बनमा पर्नुभएका सांसद गुरुङ् सर्वोच्च अदालतको आदेशसँगै फुकुवा हुनुभएको हो ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ् २०७९ पुस १२ गतेदेखि निलम्बनमा पर्नुभएको थियो ।




भर्खरै