२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर

चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर
अ अ+ अ-

राँझा । बाँकेमा दुई हप्तादेखि निरन्तर बढिरहेको चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर बनेको छ । चिसोका कारण आम जनजीवन प्रभावित भए पनि विपन्न तथा मजदुरलाई जाडो छल्न ठूलो समस्या भएको छ । विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक अत्यधिक चिसोले कठ्याङ्ग्रिएर बस्न बाध्य छन् ।

बाँकेमा पछिल्लो तीन दिन अत्यधिक चिसो महसुस गरिएको छ । नेपालगञ्जको न्यूनतम तापक्रम ८।४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम तापक्रम घट्दा चिसो बढी महसुस भएको हो । वर्षात् नभए पनि चिसो हावाका कारण तापक्रम घट्दो क्रममा रहेको छ ।

चिसोका र शीतलहरबाट २६ हजार ३६ परिवारका एक लाख ६६ हजार प्रभावित हुनसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले आकलन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले गरिब तथा निमुखालाई न्यानो कपडा उपलब्ध गराउने काम भइरहेको बताउनुभयो । त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिले ६०० थान कम्बल खरिद गरेर वितरण गरिरहेको उहाँको भनाइ छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले बाल सुधारगृहलाई सय थान, डुडुवा गाउँपालिका वडा नं ६, मगन्ताटोलका ४२ घरपरिवार र निलसागर वृद्धाश्रमलाई कम्बल वितरण गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।