२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

‘गल्ती सच्याएर आउनुस्’

‘गल्ती सच्याएर आउनुस्’
अ अ+ अ-

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी दाङको आयोजनामा सोमबार देउखुरीमा भएको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाटो बिराएकाहरू सच्चिएर आउने आशाकै कारण आफूले अहिलेसम्म कसैलाई पनि कारबाही नगरेको स्पष्ट पारे ।

दाहाल–नेपाललाई इंगित गर्दै उनले भने, ‘तपाईंहरू आफूले गरेका गल्ती कमजोरी सच्चाएर आउनुस्, फेरि एकजुट भएर सँगै अघि बढौं ।’ प्रधानमन्त्री ओलीले नेकपा नफुटेको र बाटो बिराएकाहरू गल्ती स्वीकार गरी फर्किने हो भने आफूहरू स्वागत गर्न तयार रहेको बताए । हिजोसँगै काम गरेकाहरूले पनि अहिले केपी ओली यो पृथ्वीमा नरहेहुन्थ्यो भन्ने चाहना राखेको गुनासो गर्दै उनले कसैले चाहँदैमा त्यस प्रकारको अमानवीय चाहना र सपना पूरा नहुने बताए । ओलीले आफूले शान्ति, समृद्धि, स्थायित्व र सुशासनका लागि पार्टी एकीकरण गरेको चर्चा गर्दै झगडा गरेर सडक आन्दोलनमा जान एकता नगरिएको स्पष्ट पारे ।

‘देशले अग्रगमन चाहेको छ, शान्ति चाहेको छ । जनताले आफ्नो जीवनमा परिवर्तन चाहेका छन् र उनीहरूले असल अविभावक खोजेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यही कुराका लागि हामी अघि बढ्यौं तर त्यो देख्न नचाहने र जनताका लागि राम्रो काम गरेको हेर्न नसक्नेले हाम्रा विरुद्ध गुटबन्दी गर्दै अघि बढे तर उनीहरू असफल हुने निश्चित छ ।’ आन्दोलनका नाममा निर्वाचन आयोग र अदालतलाई धम्काउनु अलोकतान्त्रिक चरित्र भएको बताउँदै प्रधानमन्त्री ओलीले सडकमा तिघ्रा बजारेर उफ्रँदैमा कसैको गलत मनसाय पूरा हुन नसक्ने बताए । आफूले संविधानमा भएको अधिकारलाई प्रयोग गरेर संसद् विघटन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले तोकिएकै मिति र समयमा निर्वाचन हुनेमा ढुक्क रहन आश्वस्त पारे ।

‘२०७८ साल १७ वैशाखमा शुक्रबारका दिन पहिलो चरणको चुनाव हुन्छ । तपाईंहरू जनताको घरघरमा गएर प्रचारप्रसार गर्नुस् । पार्टीलाई जिताउने गरी लाग्नुस्,’ ओलीले भने । उनले शान्तिपूर्ण तथा भयरहित वातावरणमा र निष्पक्ष तवरले चुनाव गराउन र त्यसको तयारीमा जुट्न सुरक्षाकर्मी र कर्मचारीलाई पनि आग्रह गरे । देशमा अब कोही पनि भोक र रोगले नमर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले एकै दिन ३०९ स्थानीय तहमा अस्पताल शिलान्यास गरेर सरकारले असाधारण काम गरेको बताए । ‘कुनै पनि देशले यति धेरै संख्यामा एकैपटक शिलान्यास गर्दैन । स्वास्थ्य क्षेत्रमा यो ठूलो क्रान्ति हो । यो असाधारण रेकर्ड हो,’ ओलीले भने, ‘हामी काममा अघि बढ्यौं, ऐतिहासिक धरहरा बनाएका छौं ।’

ओलीले सरकारले ऐतिहासिक रानीपोखरी, भक्तपुर स्क्वायर, पाटन स्क्वायर, धरहरालगायतका धरोहरको पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको बताए । देशलाई अब धान, गहुँ, मकै, अन्डामा आत्मनिर्भर बनाउन कृषिलाई आधुनिकीकरणमा जोड दिएको बताउँदै ओलीले अबका केही वर्षमा मुलुकबाट गरिबी हटाउने अभियान थालिने र सो अभियान सफल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले दाङलाई औद्योगिक जिल्लाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए । ‘लुम्बिनी प्रदेशको राजधानी भालुवाङलाई अब पुरानो होइन, आधुनिक, व्यवस्थित र सुविधासम्पन्न सहरका रूपमा विकास गर्छौं,’ ओलीले भने । तीन वर्षमा बन्ने राप्ती नदीको पुल २ वर्ष ९ महिना ४ दिनमा बनेकामा प्रधानमन्त्रीले पुल निर्माणमा संलग्न सबै पक्षको उच्च प्रशंसासमेत गरे ।

करिब १ अर्बमा पुल निर्माण
लुम्बिनी प्रदेशको भालुवाङस्थित राप्ती नदीमा निर्माण सम्पन्न भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । यो नेपालकै दोस्रो लामो पुल हो । करिब १ अर्ब लागतमा पुलको निर्माण कार्य पूरा भएपछि देउखरी क्षेत्रका सिसहनिया–महदेवाका स्थानीयलाई आवतजावत गर्न निकै सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदी डुंगाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै देउखुरीवासीलाई यात्रा गर्न सहज हुनेछ ।

द एएनके लुम्बिनी वाईपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ साल २२ मंसिरमा पुलको शिलान्यास गरेका थिए । राजधानी दैनिक