३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बंगलादेश बैंकको नाफामा १६.५२ प्रतिशतको बढ्यो, खुद ब्याज भने ८.०१ प्रतिशतले घट्यो



अ+ अ-

काठमाडौं ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बंगलादेश बैंकको खुद नाफा १६.५२ प्रतिशतले बढेर ९४ करोड १२ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ । गत वर्षको यसै त्रैमाससम्म एक अर्ब ३५ करोड ५२ लाख ४१ हजार रुपियाँ रहेको बैंकको आम्दानी यस वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८.०१ प्रतिशतले घटेर १ एक अर्ब २४ कारेड ६६ लाख ६५ हजार रुपियाँ कायम भएको छ ।

यता बैंकको सञ्चालन नाफा भने १८.८९ प्रपतशतले बढेर एक अर्ब ३३ करोड ९० लाख ५२ हजार रुपियाँ कायम भएको छ । गत वर्षको यसै त्रैमाससम्म बैंकको सञ्चालन नाफा एक १२ करोड ६२ लाख ९४ हजार रुपियाँ थियो ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपियाँ १६ पैसा रहेको छ । यो गत वर्षको यसै अवधिको भन्दा दुई रुपियाँ १९ पैसाले धेरै हो । गत वर्षको यसै त्रैमाससमम्म बैंकको प्रतिशेयर आम्दानी १९ रुपियाँ ९७ पैसा थियो । 

बैंकको प्रतिशेयर नेटवर्थ पनि ९ रुपियाँ ८ पैसाले बढेर १६५ रुपियाँ ५० पैसा कायम भएको छ । गत वर्षको यस त्रैमाससम्म बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपियाँ ४२ पैसा रहेको थियो । बैंकको खराब कर्जा २.३७ प्रतिशत रहेको छ । यो गत वर्षको यसै त्रैमाससम्मकोल भन्दा ०.४५ प्रतिशतले धेरै हो । 

पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा पनि ५.१६ प्रतिशतले बढेर ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको वितरण योग्य नाफा ४३ करोड ८१ लाख ३२ हजार रुपैयाँ थियो ।

बैंकको हाल चुत्ता पुँजी ८ अर्ब ४९ करोड ५८ लाख १४ हजार रुपियाँ छ भने जगेडा कोषमा ४ अर्ब ४६ करोड ९५ लाख ६८ हजार रुपियाँ रहेको छ । बैंकले यस त्रैमाससम्म ७० अर्ब आठ कारोड ९७ लाख ९८ हजार रुपियाँ निक्षेप संकलन गरेको छ । यस्तै, यस त्रैमाससम्म बैंकले ६० अर्ब ९२ करोड ६७ लाख ६८ हजार रुपियाँ कर्जा लगानी गरेको छ ।