२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दाको पेशी वैशाख १६ गते



file photo: can
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आगामी पेशी वैशाख १६ गतेलाई तोकिएको छ । आज सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेपछि आगामी सुनुवाइका लागि वैशाख १६ गते पेशी तोकिएको हो ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा ८ नम्बरमा रहेको थियो । दिउँसो साढे तीन बजे मुद्दा पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् ।

यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू झिकाउन आदेश दिएको थियो । ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो ।

सन्दीपको मुद्दाको फैसलाले तत्काल किनारा नलगाएमा उनको टी–२० विश्वकप खेल्न पाउने सम्भावना सकिने छ ।