२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

आजदेखि कोरोना भ्याक्सिन लगाउन शुरू

आजदेखि कोरोना भ्याक्सिन लगाउन शुरू
अ अ+ अ-

काठमाडौं । सरकारले आज बुधवारदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको छ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ । यद्यपि, प्रधानमन्त्री ओली स्वयंले भने खोप लगाउनुहुनेछैन । स्वास्थ्य सेवा विभाग खोप शाखाका निर्देशक डा। झलक शर्मा गौतमका अनुसार सात प्रदेशका १२० ओटा केन्द्रमा खोप पुगिसकेको छ । सरकारले बुधवारदेखि नै देशभरका ३ सयओटा खोप केन्द्रबाट खोप अभियान शुरू गर्ने तयारी गरेको थियो । २८० केन्द्र तयार हुन बाँकी रहेको र कतै खोप पुग्न बाँकी रहेकाले योजनाअनुसारका केन्द्रबाट खोप अभियान शुरू गर्न नसकेको हो । आगामी आइतवारदेखि ३०० ओटा केन्द्रबाट खोप लगाइने खोप शाखाका निर्देशक गौतमले बताए ।

उनका अनुसार काठमाडौंमा १२ , भक्तपुरमा दुई र ललितपुरमा तीन अस्पताल गरी उपत्यकाका १७ केन्द्रबाट खोप लगाउन शुरू गरिनेछ । काठमाडौं उपत्यकाबाहिर ६२ अस्पतालअन्तर्गत १०३ ओटा खोप केन्द्रबाट खोप लगाइनेछ । उपत्यकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, शहीद गंगालाल ह्दयरोग केन्द्र, भक्तपुर अस्पताल, किस्ट मेडिकल कलेज शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, आनन्द वन अस्पताल र नेपाल एपीएफ अस्पतालमा खोप केन्द्र बनाइएको छ ।

नेपालले गत बिहीवार भारतबाट सहयोगस्वरूप १० लाख डोज खोप प्राप्त गरेको थियो । भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको कोभिडसिल्ड खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।