२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकद्वारा आर्थिक वर्षको वित्तीय विवरण सार्वजनीक, नाफा ०.५३ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौं। सनराइज बैंकको ०.५३ प्रतिशतले नाफा बृद्धि भएको छ । चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनीक गरेर बैंकको यस त्रैमाससम्मको नाफा बढेर ९४ करोड ९४ लाख रुपियाँ पुगेको छ । यस अवधिसम्ममा बैंकको ९ करोड ४९ लाख रुपियाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि सञ्चालन मुनाफा सामान्य बढ्न पुगेको हो।

 गत वर्षको यसै अवधिमा बैंकको नाफा ९४ करोड ४३ लाख रुपैयाँ थियो। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा ९ अर्ब ४८ करोड ७९ लाख रुपियाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपियाँ र शेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड रुपियाँ हुँदा जगेडा कोषमा ३ अर्ब ६८ करोड रुपियाँ र शेयरधनी कोषमा ७४ करोड ३६ लाख रुपियाँ सञ्चित थियो। यस त्रैमाससम्मबैंकको निक्षेप २.४२ प्रतिशत बढेर ९२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ७.३४ प्रतिशत बढेर ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा भने सामान्य घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.६९ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १.०६ प्रतिशतमा झरेको छ। समीक्षा अवधिमा बैंकको बेस रेट ९.९९ प्रतिशतबाट ७.२९ प्रतिशतमा झरेको छ भने स्प्रेड ५.१४ बाट ४.१ प्रतिशतमा झरेको छ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपियाँ ६ पैसाबाट घटेर २० रुपियाँ १ पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपियाँ ६७ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १३.४९ गुणा रहेको छ।

बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपियाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा भने ०.८३ प्रतिशत बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।