२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा

अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा
अ अ+ अ-

कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति १ः४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको लु२ख २१० नंको ट्रक चालक भेरीगङ्गा नगरपालिका–२ सप्तरी निवासी १८ वर्षीय विकास केसीसहित १२ जनालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका अन्य व्यक्तिमा सोही वडाका १२ वर्षीय हिमाल खड्का, १३ वर्षीय योगराज बुढा र निराजन विक, १४ वर्षीय प्रदीप वली, १५ वर्षीय मदन भण्डारी र अम्मर डिसी, २० वर्षीय पदम खत्री र राम वली, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली र ३५ वर्षीय सोमबहादुर विक रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा छ बालक रहेका छन् ।

“अवैधरूपमा लैजाँदै गरेको १४७ थान सालको चिरान काठ नापतौल गर्दा ७७.६४ क्युफिट रहेछ”, उहाँले भन्नुभयो, “विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी नायब निरीक्षक डिल्लीबहादुर चन्दको नेतृत्वमा गएको आठ जनाको टोलीले ट्रक र ती व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि छिन्चु वन कार्यालयका रेन्जर भोजप्रसाद उपाध्यायको जिम्मा लगाइएको छ ।”