२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु



अ+ अ-

डोल्पा । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो ।

मूल्य अभिवृद्धि करसहित रु छ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिनुभयो । धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो ।

धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए । यो डोल्पाको एकमात्र विमानस्थल हो । रासस