• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

चेन्नई र लखनउका दुबै कप्तानलाई १२–१२ लाख जरिवाना



एजेन्सी । आईपीएल हरेक दिन थप रोमाञ्चक बन्दै गइरहेको छ । प्रतियोगिताको ३४औँ खेल चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबीच एकना स्टेडियममा भएको थियो ।

घरेलु मैदानमा भएको उक्त खेलमा लखनउले चेन्नईलाई ८ विकेटले पराजित गर्यो । तर यस खेलमा दुवै टोलीका कप्तानले गल्तीका कारण ठूलो जरिवाना तिर्नुपरेको छ । लखनउका कप्तान केएल राहुल र चेन्नईका कप्तान ऋतुराज गायकवाडलाई जरिवाना लगाइएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले राहुल र ऋतुराजलाई स्लो ओभर रेटका कारण जरिवाना गरेको हो । आईपीएल आचार संहिता अन्तर्गत राहुल र गायकवाडको यो पहिलो अपराध थियो, जसका कारण दुवैलाई १२–१२ लाख जरिवाना गरिएको थियो ।

कप्तानलाई जरिवाना गरिएको यो प्रतियोगिताको पहिलो खेल होइन । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त, कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यर र मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या पनि यो जरिवानाको सिकार भएका छन् ।