१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमान् रेशमले हालेको मुद्दाले रञ्जितालाई तनाव



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ तनावमा परेकी छन् । आफ्नै श्रीमान पार्टी संरक्षक रेशम चौधरीले हालेको मुद्दाले लिएर उनी तनावमा परेकी हुन् ।

रेशमले दायर गरेको मुद्दाको पेशी आइतबारका लागि सरेको छ । यसैगरी लम्कीचुहा वार्ड ४ बस्ने रामेश्वर चौधरी लगायत ६४ जनाले हालेको मुद्दाको पेशी पनि आइतबार नै भन्ने जानकारी आएको उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेकी छन् ।

६४ जनाको नागरिकतासहित हालिएको मुद्दामा कसैको किर्ते हस्ताक्षर वा नागरिकताको दुरूपयोग भयो भनी पछि नपछुताऊनु होला भनेर रञ्जिताले चेतावनीसमेत दिइकी छन् । त्यति मात्र नभएर उनले आफैले खनेको खाल्डोमा आफै नफसिएला भनेर सचेतसमेत गराएकी छन् ।

रञ्जिताले सामाजिक सञ्जालमा लेखेकी छन्–

सरंक्षक ज्यूले मलाई प्रतिवादी बनाएर हाल्नु भएको मुद्दा आईतबार सुनुवाई हुने गरेर सरेको छ !

आईतबार सुनुवाई हुन्छ भन्ने जानकारी पाऊंदा पाऊंदै लम्की चुहा वार्ड ४ बस्ने रामेश्वर चौधरी लगाएत ६४ जनाले हालेको मुद्दाको पेशी पनी आईतवार भन्ने अर्को जानकारी सुन्न पाएं ।

६४ जनाको नागरीकता सहित हालीएको मुद्दामा कसैको कृर्ते हस्ताक्षर वा नागरीकताको दुरूपयोग भयो भनी पछि नपछुताऊनु होला

आफैले खनेको खाल्डोमा आफै नफसियला भन्न सकिन्न

जय नागरीक