२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउले चेन्नईलाई आठ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । लखनऊ सुपर जाइन्ट्सका कप्तान केएल राहुल र क्विन्टन डी ककले चेन्नई सुपर किंग्सविरुद्ध शानदार ब्याटिङ गरे र पाँच पटकको च्याम्पियन टोलीलाई घरेलु मैदानमा पराजित गरे ।

दुई ब्याट्सम्यानबीचको पहिलो विकेटका लागि शतकीय साझेदारीको आधारमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो । लखनउले पछिल्ला दुई खेलमा हार बेहोरेको थियो तर टोली विजयी यात्रामा फर्किन सफल भएको छ ।

पहिले ब्याटिङ गरेको चेन्नईले रविन्द्र जडेजाको अविजित ५७ रनको बलमा २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

जवाफमा राहुल र डी ककले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे जसको मद्दतमा लखनउले एक ओभर बाँकी रहँदा दुई विकेटमा १८० रन बनायो । लखनउका लागि केएल राहुलले ५३ बलमा ८२ रनको इनिङ खेले भने डी ककले ४३ बलमा ५४ रन बनाए ।

पराजयका बाबजुद चेन्नईको टोली सात खेलमा चार जित र तीन हारका साथ तालिकाको तेस्रो स्थानमा छ भने बराबर अंक जोडेको लखनउको टोली पाँचौं स्थानमा छ ।

यो खेलमा केएल राहुल र डी ककले उत्कृष्ट ब्याटिङ गरेका थिए । जुन पिचमा चेन्नईका ब्याट्सम्यान रन बनाउन संघर्ष गरिरहेका थिए, त्यही पिचमा राहुल र डी ककको जोडीले चेन्नईका बलरलाई विकेटका लागि निराश बनाए ।

लखनउका लागि कुनै विकेटका लागि राहुल र डी ककबीचको यो दोस्रो उत्कृष्ट साझेदारी हो । लखनउका लागि उत्कृष्ट साझेदारीको कीर्तिमान पनि यी दुई ब्याट्सम्यानको नाममा छ । राहुल र डी ककले यसअघि २०२२ मा कोलकाता नाइट राइडर्सविरुद्ध २१० रनको अविजित साझेदारी गरेका थिए ।

तर, फास्ट बलर मुस्ताफिजुर रहमानले क्विन्टन डी ककलाई आउट गरेर यो साझेदारी तोडेका थिए । डी कक ४३ बलमा ५ चौका र एक छक्काको मद्दतले ५४ रन बनाएर आउट भए ।

फास्ट बलर मथिशा पथिरानाले कप्तान केएल राहुललाई आउट गरेर लखनउलाई दोस्रो झटका दिए । पथिरानाको बलमा केएल राहुलले उत्कृष्ट प्रहार गरे तर जडेजाले एक हातले क्याच लिएर राहुललाई आउट गरे । राहुल ५३ बलमा ८२ रन बनाएर प्याभिलियन फर्किए । राहुलको आउट भएपछि निकोलस पूरन (नटआउट २३) र मार्कस स्टोइनिस (८) क्रिजमा रहे र लखनउलाई जित दिलाए ।

यसअघि लखनऊका कप्तान केएल राहुलले यस खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए र उनका बलरहरूले सीएसकेलाई प्रारम्भिक झट्का दिएर कप्तानको निर्णय सही साबित गर्न बेर लगाएनन् । आफ्नो पहिलो ओभर बलिङ गर्न आएका मोहसिन खानले पहिलो बलमा रचिन रविन्द्रलाई आउट गरेर सीएसकेलाई स्तब्ध पारे । रचिन खाता नखोलेर आउट भए । केही समयपछि कप्तान रुतुराज गायकवाडले पनि खास केही गर्न सकेनन् र १३ बलमा १७ रन बनाएर यश ठाकुरको शिकार बने ।

सुरुवाती झट्कापछि चेन्नईले अलराउन्डर रविन्द्र जडेजालाई क्रिजमा पठायो । उनले ओपनर अजिंक्य रहाणेसँग इनिङ्स सम्हाल्ने प्रयास गरे । यी दुई अनुभवी ब्याट्सम्यानले टोलीलाई समस्याबाट जोगाउने देखिन्थ्यो तर क्रुणाल पाण्ड्याले रहाणेलाई बलिङ गर्दै यो साझेदारी लामो समय टिक्न दिएनन् । रहाणे २४ बलमा पाँच चौका र एक छक्काको मद्दतले ३६ रन बनाएर प्याभिलियन फर्किए ।

त्यसपछि मार्कस स्टोइनिसले शिवम दुबे (३) र प्रभावशाली खेलाडीका रूपमा आएका कृणाल पाण्ड्याले समीर रिजभी (१)लाई सस्तोमा आउट गरेर चेन्नईलाई समस्यामा पारे । चेन्नईले ९० रनमा पाँच विकेट गुमाएको थियो ।

जडेजाको अर्को छेउमा कुनै पनि ब्याट्सम्यान टिक्न नसके पनि उनले धैर्यताका साथ ब्याटिङ जारी राखे र ३४ बलमा अर्धशतक पूरा गरे । जडेजालाई मोइन अलीको पनि राम्रो साथ मिल्यो, जसले २० बलमा तीन छक्का प्रहार गर्दै ३० रन बनाए । यी दुई ब्याट्सम्यानबीच छैटौं विकेटका लागि ५१ रनको साझेदारी भएको थियो, जुन चेन्नईका लागि यो खेलको सबैभन्दा ठूलो साझेदारी थियो । मोइनले रवि बिश्नोईलाई लगातार तीन छक्का प्रहार गरे, तर अर्को बलमा ठूलो शट खेल्ने प्रयासमा आफ्नो विकेट गुमाए ।

यो सिजन ब्याटिङबाट लगातार प्रभावकारी प्रदर्शन गर्दै आएका पूर्व कप्तान महेन्द्र सिंह धोनीले पनि यो खेलमा राम्रो खेले । धोनी मैदानमा आउँदा चेन्नईको स्कोर छ विकेटमा १४१ रन थियो र चेन्नईको इनिङ्समा १३ बल मात्र बाँकी थियो ।

धोनीले १९ औं ओभरमा बलिङ गर्न आएका मोहसिन खानलाई चौका र छक्का प्रहार गरे भने अन्तिम बलिङ गर्न आएका यश ठाकुरलाई दुई चौका र एक छक्का प्रहार गर्दै टोलीलाई चुनौतीपूर्ण स्कोरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले । जडेजा ४० बलमा पाँच चौका र एक छक्काको मद्दतले अविजित ५७ रन बनाएर प्याभिलियन फर्केका थिए भने धोनी ९ बलमा तीन चौका र दुई छक्काको मद्दतले २८ रनमा अविजित रहेका थिए ।