१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

31.27°C

काठमाडौं

31.27°C

Kathmandu

Feels-like: 29.47

Wind: 6.17

Humidity: 23

Latest
एनआरएनएको एकता महाधिवेशनसम्बन्धी मुद्दामा सर्वोच्चले दियो मिसिल झिकाउने आदेश पहलगाम आतंकवादी हमलामा संलग्न तीन आतंककारीहरूको स्केच जारी नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट-फोटोफिचर धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो भारतीय विद्युत् मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना पहलगाम हमलाः हनिमुन मनाउन गएका जोडीको वियोग, नाम सोधेर आतंककारीले गोली हाने विद्यार्थीको अधिकारप्रति सचेत हुँदै शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न सिजपको आग्रह काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस



तस्बिरः माधवप्रसाद घिमिरे/रासस
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिनुभयो । उहाँले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमहरुबाट स्पष्ट हुने बताउनु भयो । उहाँले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको जिकिर गर्नुभयो । उहाँले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताउनु भयो । उहाँले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली काँग्रेस सचेत र सजग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन गठबन्धन बनेको छ, यो अप्राकृतिक किसिमबाट बिनेको छ । त्यहाँ एक अर्काप्रति विश्वास छैन । विभिन्न प्रदेश सरकार बनाउने क्रममा होस्, केन्द्रकै विभिन्न निर्णयमा होस्, नियालेर नै हेरिरहनुभएको छ । त्यहाँ विश्वासको रत्तिभर पनि अंश छैन । मुलतः अवसरको हिसावले कहाँकहाँ केके नियुक्ति गर्नुपर्छ, कसो गर्नुपर्छ, कहाँ कसको के भुमिका हुन्छ, बजेटमा पनि कसरी हामीले जुन एउटा अनुशासनमा लगिरहेका थियौँ, त्यो जनताबाट उठेको करको दुरुपयोग हुनु हुँदैन, त्यसको प्राथमिकताको आधारमा जनताकै पक्षमा खर्च हुनुपर्छ, जथाभावी गर्ने छुट कसैलाई छैन भन्ने मान्यताका साथ हामीले काम गरिरहेका थियौँ । कतिलाई त्यो चित्त बुझिरहेको रहेनछ । आफूखुशी गर्न पाइएन भन्ने लागिरहेको रहेछ ।

यो शुद्ध अवसर छोप्नका लागि बनेको गठबन्धन हो । त्यसैले आफ्नै बोझ, अविश्वास, बिरोधाभाषको बीचमा यो गठबन्धन बनेको छ । त्यही बोझले नै यसको पतन हुन्छ । छोटै समयमा पतन हुने निश्चित छ । त्यसैले यसमा हामीले धेरै चलखेल गरिरहनुपर्ने आवश्यकता छैन । पतन भइसकेपछि कसरी जाने भन्नेमा हामी अलर्ट छँदैछौँ । सचेत छौँ । केन्द्रको गठबन्धन बनाउने बारेमा केही कुराकानी भएको छैन, प्रदेशमा भयो होला ।’

प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताउनु भयो । अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको बताउनु भयो ।