२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

मनाङमा भीषण आगलागीः मानव बस्ती जोगाउनै हम्मेहम्मे

मनाङमा भीषण आगलागीः मानव बस्ती जोगाउनै हम्मेहम्मे
अ अ+ अ-

मनाङ । मनाङ नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगोले बृहत् रुप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । टोलीलाई मानव बस्ती जोगाउन हम्मेहम्मे परेको छ । मानव बस्ती भएको वडा नं। ६ र ७ को तिल्चेनजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोंचे खतरामुक्त रहेको छ ।

आगो मानव बस्तीनजिकै आइपुगेकाले नियन्त्रणमा लिने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उहाँले बताउनुभयो । उहाँले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताउनुभयो ।

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ । धेरै ठूला रूखहरु नजले पनि साना बुट्यान तथा झाडी जलेका छन् । यो समाचार तयार पार्दासम्म एउटा डाँडो पूरै जलिसकेको छ र आगो मानव बस्तीनजिक पुगेको छ ।

भिरालो भौगोलिक बनावटका कारण आगो नियन्त्रणमा लिन कठिन भएको उहाँको भनाइ थियो । आगोको लप्का र ढुंगा तातेर फुटेर खस्नाले जोखिम मोलेरै भए पनि सय जनाको टोली आगो नियन्त्रणमा ल्याउन खटिइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले हामी बस्ती जोगाउने प्रयासमा छौं, बस्तीभन्दा सय मिटर टाढा मात्रै आगो छ ।’ उहाँले नयाँ दाउराघाँसको आसले स्थानीयले आगो लगाएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

त्यसै गरी अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुन सक्ने बताउनुभयो । उहाँले ताचैभन्दा माथिको लेकमा लागेको आगो भौगोलिक विकटताले गर्दा नियन्त्रणमा लिन गाह्रो परेको बताउनुभयो । गौतमले भन्नुभयो– ‘अहिले पनि हामी आगोसँग आगो जुधाएर नियन्त्रणमा लिने प्रयास गर्दै छौं ।’

यसैबीच सदरमुकाम चामेनजिकै तलेखुमा लागेको आगो नियन्त्रणमा लिएको गौतमले जानकारी दिनुभयो । यसैबीच थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि स्थानीयले आफूहरु त्रसित भएको बताएका छन् । आगलागीसँगै वन विनाश हुँदा महत्वपूर्ण जडीबुडी नष्ट हुने भन्दै उनीहरुले जंगली जनावरको बास उठेकोमा चिन्ता व्यक्त गरेका छन् ।

अग्ला पहाडमा रहेको जंगलको आगोले मानव बस्तीलाई जोगाउनुबाहेक नियन्त्रण गर्न कठिन हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मंसिर ११ गतेदेखि लागेको आगो पूर्णरुपमा नियन्त्रणमा नआउँदै फेरि आगो लाग्नुले मनाङका जंगल जलेर सकिने हो कि भन्नेमा पीर परेको स्थानीय रामबहादुर गुरुङले बताउनुभयो । किन कसले आगो लगाएको हो दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्न स्थानीयले माग गरेका छन् । नेपाल समाचारपत्र दैनिक