२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

ढुङ्गामाथि आकर्षक मन्दिर निर्माण

ढुङ्गामाथि आकर्षक मन्दिर निर्माण
अ अ+ अ-

म्याग्दी । म्याग्दी नदी किनारको फराकिलो र समथर फाँटको बीचमा गोलो आकारको विशाल चट्टान । फेदीदेखि शिरसम्म घुमाउरो रेलिङसहितको पैदलमार्ग । चट्टानको शिरमा आकर्षक मन्दिर । बेनी नगरपालिका–२ बगरफाँटमा चट्टानमाथि निर्माण भएको दुर्गा भगवती मन्दिरले भक्तजन र पर्यटकलाई आकर्षित गर्न थालेको छ । 

करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको चट्टानी पहाडको अवलोकन, पहाडलाई फन्को लगाउन सकिने पैदलमार्गमा यात्रा गर्न र शिरको मन्दिर दर्शन गर्न भक्तजन र पर्यटक आउन थालेका छन् । अलौकिक चट्टानमाथि बनेको मन्दिर अनौठो रहेको मङ्गलाघाटका दीपक बानियाँले बताउनुभयो । 

विसं २०३९ मा काठ र माटोबाट बनेको मन्दिरलाई पुनःनिर्माण र त्यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिएपछि आकर्षक बनेको छ । डिभिजन वन कार्यालय, बेनी नगरपालिका, जिल्ला मालपोत कार्यालय र चन्दा सहयोग जुटाएर कूल रु १५ लाख ८१ हजार ४६४ को लागतमा मन्दिर पुनःनिर्माण, मूर्ति प्रतिष्ठान र पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालय म्याग्दीले रु चार लाख ६४ हजार, बेनी नगरपालिकाले रु दुई लाख ३३ हजार ५५, मालपोत कार्यालयले पूजा खर्चबापत रु १० हजार र बगरको बालुवाबाट रु २० हजार सहयोग प्राप्त भएको थियो । चन्दादाताबाट रु ११ लाख २२ हजार ५७० जुटाइएकामा रु दुई लाख ६८ हजार ४६४ बचत भएको उपभोक्ता समितिका अध्यक्ष कार्कीले बताउनुभयो । 

चट्टानको फेदीदेखि शिरमा रहेको मन्दिरसम्म पुग्न दुई तर्फबाट १०० मिटर रेलिङसहितको पक्की पदमार्ग निर्माण भएको छ । पदमार्गको कुनातर्फ भूमे, गणेश, राधाकृष्ण, सीताराम, नाग, महारानी र शिव पार्वतीको मूर्ति राखिएको छ । 

मन्दिर परिसरमा बलि दिने ठाउँ निर्माण र करिब ५० मिटर रेलिङ बनाएर घेराबार बनाइएको छ । बेनी–बरङ्जा सडकदेखि मन्दिर निर्माण भएको चट्टानको फेदीसम्म जोड्ने पदमार्ग र प्रवेशद्वार निर्माणका लागि पहल गरिएको वडासदस्य चन्द्र कुँवरले बताउनुभयो । 

यो चट्टानमाथि बसेर परापूर्वकालमा ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको स्थानीय बूढापाकाले बताएका छन् । दैनिक पूजाआजा हुने मन्दिरमा बडादशैँ र चैतेदशैँको समयमा विशेष मेला लाग्ने र बलि चढाउने गरिन्छ । जिल्ला सदरमुकाम बेनी बजार नजिकै रहेको बगरफाँटको दुर्गा भगवती मन्दिरको महत्व र विशेषताको प्रचारप्रसारमा जोड दिएमा पर्यटन विकासमा सहयोग पुग्ने वडासदस्य कुँवरले बताउनुभयो ।