२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

फेरियो हुलाकीको जिम्मेवारी

फेरियो हुलाकीको जिम्मेवारी
अ अ+ अ-

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका यमबहादुर राना गाउँमा अधिकांश चिठ्ठीपत्र लेख्ने र गाउँमा आएको चिठ्ठीपत्र वाचनका लागि बोलाउने गरेको सम्झना गर्नुहुन्छ । उहाँ पछिल्लो  १०/१२ वर्षदेखि चिठ्ठीपत्र लेखनकार्य हराएको बताउनुहुन्छ । उहाँ मोबाइल र इन्टरनेटका कारण चिठ्ठीपत्र लेखन हराउनु नै व्यक्तिमा रहेका सिर्जनशीलता हराउनु ठान्नुहुन्छ ।

जिल्ला हुलाक कार्यालयमा हाल ८५ को दरबन्दी रहेको छ । बयालीस स्थायी कर्मचारी छन् । करारमा १५ कार्यरत रहेका छन् । जिल्लाका अतिरिक्त हुलाक कार्यालयमा १५१ कर्मचारीबाट सेवा प्रदानका लागि  रहे पनि हुलाक सेवाप्रति नागरिकको आकर्षण ओरालो लागेको छ । सूचना प्रविधिको विकाससँगै हुलाकको सेवामा पनि फेरिएको छ । हुलाकबाट विगतमा चिठ्ठीपत्र ओसारपसार गर्ने सेवा अहिले आएर हराएको छ । 

कार्यालयले आर्थिक वर्ष २०७७/७८ को पुस महिनासम्म साधारणपत्र ९५२ आदानप्रदान गरेको जनाएको छ । जिल्लामा  हुलाक कार्यालय एक, इलाका हुलाक कार्यालय १३ र अतिरिक्त हुलाक कार्यालय ५२ रहेका छन् ।

गत पुस महिनासम्म ११ हजार ५१५ रजिष्ट्रिपत्र, ९५२ साधारणपत्र, ७६७९ पत्रपत्रिका, द्रुतपत्र ३९, पैदेशिक पार्सल पाँच रजिष्ट्रि पुलिन्दा छ, बुक पोष्ट पोष्टकार्ड २९३ र बीमापत्र पाँचवटा सेवा प्रदान गरेको कार्यालयका सूचना अधिकारी टङ्क भण्डारीले जानकारी दिनुभयो । कोरोनाका कारण झण्डै आधाभन्दा बढी पत्रपत्रिका हुलाक कार्यालयमा नै कमी आएको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो ।

हुलाकबाट अहिले जिल्लास्तरमा सञ्चालित एफएम रेडियोको इजाजतपत्र तथा लाइसेन्स नवीकरण, रोयल्टी सङ्कलनका कामसमेत हुलाकबाट हुँदै आएको छ । हुलाक कार्यालयबाट एफएम तथा पत्रकारको कामका लागि जिल्ला बाहिर धाउनुपर्ने झन्झट अन्त्य भएकोे छ । पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्र, अनलाइन नवीकरणका लागि निवेदन सङ्कलन हुन्छ ।  कार्यालयका प्रमुख देवबहादुर थापा सारुका अनुसार  कार्यालयले डाँक  सेवाबाट सम्पादित कार्यबाहेकका सहुलियतदरमा पत्रपत्रिका दर्ता र नवीकरण, हुलाक वस्तुको आयात र निर्यात, नयाँ पोष्टबक्स नम्बरको  नवीकरण र विस्तार, टिकट बिक्री हुँदै आएको छ ।

चालु आव २०७७/७८ को गत पुस महिनासम्म झण्डै रु ११ लाख ९० हजार  ७४ राजश्व सङ्कलन गरेको छ । सूचना अधिकारी भण्डारीका अनुसार हुलाक टिकट बिक्रीबाट रु छ लाख ९० हजार ९००, पोष्टबक्स रु दुई हजार ६३५, पत्रपत्रिका नवीकरण तथा दर्ता शुल्कबाट रु दुई हजार ७६५, काउन्टर अनलाइन दर्ताबाट रु ८७ हजार ६८७ सङ्कलन भएको छ  ।

जिल्लाको तीनवटा केवुल नेटवर्कको नवीकरणबाट रु तीन हजार ७५०, केवुल रोयल्टीबाट रु तीन लाख २५ हजार १९०, एफएम रोयल्टीबाट रु ७५ हजार ७९७, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणबाट रु एक हजार ३५० राजश्व सङ्कलन भएको  जनाइएको छ । 

बचत बैकमा रु ८१ लाख

बचत बैंक सेवा कार्यक्रममा झण्डै रु ८१ लाख पूँजी रहेको छ । सर्वसाधारणबाट ६७ प्रतिशत ब्याजदरमा रकम बचत गर्ने व्यवस्था गरे पनि हालसम्म सरकारी कर्मचारीलाई मात्र लगानी गरिएको छ । आठ प्रतिशत ब्याजदरमा सरकारी कर्मचारीले ऋण पाउने व्यवस्था गरिए पनि हालसम्म सर्वसाधारण नागरिक यो सेवाबाट बञ्चित रहेका छन् । रासस