२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबईमा वर्षाले विजोग, अस्तव्यस्त बनायो दैनिकी



अ+ अ-

एजेन्सी । विगत ४ दिनदेखि पाकिस्तान, अफगानिस्तान र धेरै खाडी मुलुकमा परेको वर्षाका कारण अवस्था बिग्रिएको छ । युएईमा वर्षाले ७५ वर्षको कीर्तिमान तोडेको छ ।

दुबईमा बाढीको अवस्थालाई ध्यानमा राख्दै त्यहाँ उपस्थित विभिन्न दूतावासले हेल्पलाइन नम्बर जारी गरेका छन् ।

यसैबीच पाकिस्तान र अफगानिस्तानमा वर्षाका कारण आएको बाढीमा हालसम्म १३५ जनाको मृत्यु भएको छ । जसमध्ये अफगानिस्तानमा ७० र पाकिस्तानमा ६५ जनाको मृत्यु भएको छ । ओमानमा पनि बाढीका कारण २० जनाको मृत्यु भएको छ ।

दुबईमा पछिल्लो २४ घण्टामा १५.२ सेन्टिमिटर पानी परेको मिडिया रिपोर्टले जनाएको छ । मंगलबार यहाँ १० इन्चभन्दा बढी पानी परेको थियो । बीबीसी न्यूजका अनुसार बुधबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र जाने ३०० उडान रद्द गरिएको छ ।

विमानस्थल प्राधिकरणले मानिसहरूलाई त्यहाँ नआउन सल्लाह दिएको छ । अर्कोतर्फ ओमानमा वर्षाका कारण १४ सय जनालाई शरणमा पठाइएको छ । विद्यालय र सरकारी कार्यालयहरु बन्द भएका छन् ।

युएईको अबुधाबी, दुबई र अल ऐन जस्ता सहरमा भारी वर्षाका कारण बाढीको अवस्था छ । यसबाट हालसम्म १ जनाको मृत्यु भएको छ । त्यहाँ पूरै वर्षको पानी २ दिनमै पर्यो । मंगलबार सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ ।