२४ मंसिर २०८२, बुधबार
,
Latest
सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा उपाध्यक्ष दावा लामा छुटे



अ+ अ-

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै बुधबार पक्राउ परेका अखिल नेपाल फुटबल संघ(एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो ।

लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेको बताइएको छ । पुनरावेदनको विषयलाई लिएर अदालतले छाडेको स्रोतले जानकारी दियो ।