५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा माइक्रो बस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते



symbolic picture
अ+ अ-

पोखरा । पोखरामा माइक्रोबस र जीप ठोक्किँदा ८ जना चिनियाँ घाइते भएका छन् ।

पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा. १३ च ५१३७ नम्बरको जीप र ड्याम साइडबाट रत्नचोक जाँदै गरेको माइक्रोबस आज बिहान राष्ट्र बैंक चोकमा ठोक्किएका हुन् ।

दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकमध्ये ८ जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जीप चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने राजकुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ते तुलबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।