१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

युक्रेन सङ्कट : युरोप जोड्ने रुसी ग्यास पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी

युक्रेन सङ्कट : युरोप जोड्ने रुसी ग्यास पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी
अ अ+ अ-

– बिबिसी

संयुक्त राज्य अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने जनाएको छ।

नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो। बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।

पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गर्छ।

अमेरिकाको चेतावनी

रुसले आफूले हमला गर्ने योजना बनाएको अस्वीकार गर्दै आएको छ।

तर उसले युक्रेनको सीमामा दशौँ हजार रुसी फौज हालैका हप्तामा खटाएपछि तनाव चुलिएको छ र त्यसले आक्रमणको भय बढाएको छ।

अमेरिकी प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भने, “म एकदमै प्रस्ट भन्न चाहन्छु, यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन।”

तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरे।

विदेशमन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए।

जर्मनीको भनाइ

अमेरिकाले उक्त पाइपलाइनलाई सञ्चालन हुनै नदिने बताए पनि जर्मनीले उक्त परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने अवस्थालाई नकारेको छैन।

संसद्‌मा बोल्दै जर्मन विदेशमन्त्री एनालेना बेअरबोकलेले नोर्ड स्ट्रिम टु सहित समेटिएका कडा प्रतिबन्धहरूका बारेमा पश्चिमा देशहरूले काम गरिरहेको बताइन्।

तर उनले आफूले मस्कोसँग संवाद चाहेको पनि उल्लेख गरेकी छन्।

अमेरिकाका लागि जर्मनीकी राजदूत एमिली हेबरले रुसले युक्रेनको सार्वभौमसत्तामाथि हस्तक्षेप गरे नर्ड स्ट्रम टु सहित कुनै पनि विषयमा वार्ता नहुने यसअघि ट्विटरबाट बताएकी थिइन्।

चीनलाई किन गरियो अनुरोध

संयुक्त राज्य अमेरिकाले युक्रेनविरूद्ध हुने कुनै पनि किसिमको अतिक्रमणलाई निरुत्साहन गर्न मस्कोमाथि आफ्नो प्रभावलाई प्रयोग गर्न चीनलाई आग्रह गरेको छ।

विदेश मन्त्रालयकी एक अधिकारी भिक्टोरिया नुलन्डले युक्रेनमा द्वन्द्व भए त्यो चीनका लागि पनि नराम्रो हुने बताइन्।

उनले कूटनीतिक समाधानको पक्षमा पश्चिमा देशहरू एक ठाउँमा रहेको भए पनि रुसले सैन्य कदम चाले तत्कालै कठोर मूल्य चुकाउनुपर्ने बताइन्।

राष्ट्रपति पुटिनले युक्रेनबारेका मस्कोका मागप्रति वासिङ्टनको प्रतिक्रियाबारे विचार गरिरहेका छन्।

अमेरिकाले युक्रेनी सीमामा रुसी फौज जम्मा हुँदा अन्तर्राष्ट्रिय शान्तिमा परेको जोखिमको विषयमा राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा सोमबार छलफल गरिओस् भन्ने माग गरेको छ।

परियोजना कुन अवस्थामा छ

उक्त एक हजार २२५ किलोमिटर पाइपलाइन निर्माण गर्न पाँच वर्ष लागेको थियो।

त्यसलाई बनाउन ११ अर्ब डलरभन्दा बढी लागेको थियो।

उक्त इन्धन परियोजना बालटिक समुद्र मुन्तिरबाट अघि बढ्छ र त्यसले जर्मनीमा हुने रुसी ग्यासको आपूर्ति दोब्बर बनाउने लक्ष्य राखेको छ।

गएको नोभेम्बरमा नियामक निकायले उक्त परियोजना जर्मनीको नियमअनुसार नरहेको भन्दै त्यसको अनुमतिलाई स्थगन गरिदिएपछि हालसम्म उक्त परियोजना सञ्चालनमा आइसकेको छैन।

नोर्ड स्ट्रिम टुमा प्रमुख युरोपेली व्यापारिक समुदायले ठूलो लगानी गरेका छन्।

वातावरणविद्हरूले रुसबाट उत्पादित ऊर्जामा युरोपको निर्भरता बढाउने उक्त परियोजना कसरी उत्सर्जन कटौती गर्ने र मानव सृजित जलवायु परिवर्तनका असर कम गर्ने रुसी प्रयाससँग मिल्न गयो भनेर प्रश्न गरेका छन्।

विगतमा युक्रेनका राष्ट्रपति भोल्दीमिर जेलेनस्कीले उक्त पाइपलाइनलाई ‘खतरनाक भूराजनीतिक अस्त्र’ भनेका थिए।