२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम नवमीमा राम मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिनलाई राम नवमीका रुपमा मनाउने गरिन्छ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको सम्झनामा आज श्रद्धा र भक्तिपूर्वक देशभर रामनवमी पर्व मनाइँदै छ । सो अवसरमा बत्तिसपुतलीस्थित र पशुपतिनाथस्थित राम मन्दिर परिसरमा भक्तालुहरुको भीड लागेको छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । बत्तिसपुतली राममन्दिरका मुल पुजारी हरिप्रसाद अधिकारीले रामनवमी राक्षसहरुले देवताहरुलाई दुःख दिएर पृथ्वीले थाम्न नसकेपछि सबै देवताहरु भगवानकोमा गएको र म मनुष्य अवतारमा धर्तीमा जन्म लिएर राक्षसहरुको अन्त्य गर्नेछु भन्ने वचन दिएपछि देवताहरु आफ्नो लोकमा फर्किएको बताउनु शास्त्रमा रहेको बताउनु भयो ।

उहाँले पछि दशरथको पुत्र भएर जन्मिनुभएको र श्रीराम वनवास सवारी भएको बताउनु भयो । राक्षसहरु मार्दै गएर बाँदर सेनाको साथमा गएर लंकामा रावणको वध गर्नुभएको बताउनु भयो । उहाँले आज श्रीरामको जन्मदिन भएकाले जन्मोत्सव मनाइएको बताउनु भयो ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने धर्मग्रन्थमा उल्लेख छ ।




भर्खरै