९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ आगलागिः आगोले घेरिँदै ताचै बस्ती, स्थानीय रातभर जागै



अ+ अ-

मनाङ । मनाङको तिल्चेमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरहेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन।’ –नासोँ गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले पीडामिश्रित दुखेसो पोखे । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।

यो समाचार तयार पार्दासम्म सबै गाउँले कसरी आगो नियन्त्रणमा लिने र बस्ती सुरक्षित गर्ने भनेर गाउँमुनिको जंगलमा खटिइरहेका छन् ।तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ ।

उहाँले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भने– ‘पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौं ।’रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उनको भनाइ छ । ‘घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔं दुई दिनदेखिको भोक प्यासले हैरान पा¥यो।’ –घलेले आफ्नो बाध्यता सुनाए ।

‘गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ’, घलेले भने– ‘पूर्णिमाको दिन भएकाले गाउँमा सबै हुँदा अलि सहज भएको छ ।’ ‘कहिले जंगलको आगो निभाउन त कहिले मान्छे जलाउन आगो बाल्दैमा हाम्रो यो साल बित्यो, सुखसँग गास हालेर सास फेर्न पाइएन।’ –घलेको भनाइ थियो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।