• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

बटलरले पछि पारे क्रिस गेललाई



एजेन्सी । मंगलबार राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्यो । अन्तिम समयसम्म रोमाञ्चक बनेको यस खेलमा राजस्थानको जितको नायक थिए जोस बटलर ।

उनले शतकीय पारी खेल्दै राजस्थानलाई जित दिलाए । बटलर १०७ रन बनाएर अविजित फर्किए । अन्तिम ओभरमा वरुण चक्रवर्तीको बलमा रन लिएर टोलीलाई यादगार जित दिलाए ।

१७ ओभरको अन्त्यमा राजस्थान रोयल्सको स्कोर ७ विकेटमा १७८ रन थियो । राजस्थानलाई जितका लागि १८ बलमा ४६ रन आवश्यक थियो । जोस बटलर क्रिजमा उभिरहेका थिए । इनिङ्सको १८औँ ओभरबाट बटलरले हात खोल्न थाले र दुई ओभरमै उनले खेलको कायापलट पारे ।

आईपीएलको इतिहासमा जोस बटलरले बनाएको यो सातौं शतक हो । योसँगै बटलर यस लिगमा सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । बटलरले क्रिस गेललाई पछि पारेका छन् । गेलले आईपीएलमा ६ शतक प्रहार गरेका छन् । विराट कोहली ८ शतकका साथ पहिलो स्थानमा छन् ।