२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख कलौनी

समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख कलौनी
अ अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गरी सामाजिक न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समुन्नत राष्ट्र निर्माणमा आ–आफ्नो तह र तप्काबाट योगदान पुर्याउन आजको दिनले पे्ररणा मिल्ने विश्वास व्यक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख कलौनीले प्रजातन्त्र स्थापनाका लागि निरङ्कुश राणा शासनविरुद्ध सङ्घर्ष गर्दै सहादत प्राप्त गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायत देश र जनताका लागि आफ्नो जीवन न्यौछावर गर्नुहुने शहीदहरुले गरेको त्याग र बलिदानको परिणामस्वरूप नेपाल एक स्वतन्त्र, सार्वभौम, अखण्ड, स्वाधीन र स्वाभिमानी मुलुकको रूपमा स्थापित भएको बताउनुभएको छ । 

नेपालमा सङ्घीय  लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदासम्मका विभिन्न कालखण्डमा भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, “सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै शहीदहरूको सपना साकार पार्न मन, वचन र कर्मले अविचलितरूपमा समर्पित रहन यस दिवसले हामी सबैमा प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।”