२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना



Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE
अ+ अ-

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपाल एक खेल अगावै समूह विजेता भएको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार साउदी अरेविया कतारसँग १५ रनले पराजित भएसँगै नेपाल समूह ए बाट विजेता बनेको हो । अब नेपालले समुहचरण खेलअन्तर्गत बुधबार साउदी अरेबियासँग खेल्दैछ ।

समूह ए मा नेपालबाहेक अन्य कुनैपनि टोलीले ६ अंक जोड्न सक्ने छैनन् । ४ खेल खेलको कतारको ४ अंक, ३ खेल खेलेको साउदी अरेबियाको २ अंक, ३ खेल खेलेको मलेसियाको र हङकङको २/२ अंक छ ।

नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बीमा सोमबार ओमानले युएईलाई नौ विकेटले हराएको थियो । उक्त नजिताले ओमान समूह बी को विजेता र युएई उपविजेताको बन्ने सम्भावना बलियो रहेको छ ।

समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित समान ४ अंकका साथ कुवेत दोस्रो र युएई तेस्रो स्थानमा छ । बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।

बुधबार ओमानले कुवेत र युएईले कम्बोडियासँग खेल्नेछन् । ओमान र युएई दुबै सहज रुपमा विजयी हुने सम्भावना छ । त्यसैले, समुह ए को विजेता नेपाल र समुह बी को उपविजेता युएई सेमिफाइनलमा भिड्ने समीकरण देखिन्छ ।

प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछन् । शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया खेल्न पाउनेछन् ।