२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

भ्रमले गर्दा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त

भ्रमले गर्दा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त
अ अ+ अ-

महोत्तरी । महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

“पहिलो दिन १३५ जनालाई खोप दिने लक्ष्य थियो तर ३८ जनाले मात्र यो सेवा लिए”, स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ नियन्त्रण अभियानका स्रोत व्यक्तिसमेत रहनुभएका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भन्नुभयो, “कतिपयमा खोपबारे रहेको भ्रमले प्रारम्भिक चरणमा सेवा लिने कम देखिएका हुन् ।” यद्यपि यो भ्रम चिरिँदै जाने र केही दिनभित्रै सेवाबारे विश्वसनीयता बढ्ने झाको विश्वास छ । महोत्तरीमा दोस्रो दिन बिहीबार २६१ जनाले खोप लिएको कार्यालयले जनाएको छ ।

एक साताभित्र दुई हजार २३० जनालाई खोप दिइने कार्यालयको लक्ष्य छ । खोपबारे  सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि शुरुका दिनमा डरले खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ । “अस्पतालका चिकित्सक, स्वास्थ्य कार्यालयका प्रमुखसहित हामी सबैले देख्ने गरी खोप लगाएका छौँ”, जनस्वास्थ्य निरीक्षक झाले भन्नुभयो, “अब भ्रम हट्दै जान्छ र सेवा लिनेको सङ्ख्या बढ्छ ।”

जिल्लामा कोभिशिल्ड नामको यो खोप पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शववाहन र एम्बुलेन्स चालक, सुरक्षाकर्मी र अग्रपङ्तिमा रहेर काममा लाग्नुपर्ने सामाजिक अभियानकर्मीलाई दिइने गरी प्राथमिकता निर्धारण गरिएको छ । पहिलो दिन जलेश्वर अस्पतालका मेडिकल अधिकृत डा प्रभातकुमार गामीले वरिष्ठ स्वास्थ्यकर्मी (अनमी) कला चौधरीबाट खोप लिएर यो सेवा प्रारम्भ गर्नुभएको थियो ।

जलेश्वर अस्पतालकक्षमै सञ्चालन गरिएको यो सेवा क्रमशः जिल्लाका अन्य अस्पतालमा पु¥याइने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । अहिले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयमा कार्यरतले धमाधम खोप लिइरहेका खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिनुभयो ।

जिल्लामा पहिलो चरणमा २४३ डोज खोप आएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।  प्रत्येक भाइलमा १० जनालाई खोप लगाउन मिल्ने र कूल दुई हजार २३० जनालाई पहिलो चरणमा यो सेवा दिइने खोप अधिकृत झाले जानकारी दिनुभयो । पहिलोपटक खोप लिएकाहरुले चार सातापछि अर्को खोप लिनेछन् । थप खोप प्राप्त हुँदै गएपछि क्रमशः जनस्तरमा यो सेवा प्राथमिकता निर्धारण गरेरै विस्तार गरिँदै जाने कार्यालयले जनाएको छ ।