• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर !

आईपीएलको बीचमा ब्रेक लिँदै म्याक्सवेलले भने: मानसिक रूपमा तयार भएर फर्किन्छु



एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले आईपीएल २०२४ बाट केही समयको लागि ब्रेक लिएका छन् । यद्यपी उनी कहिले फर्कने भन्ने टुंगो छैन । आफूलाई मानसिक र शारीरिक आराम दिन म्याक्सवेलले यस्तो गरेका हुन् ।

आईपीएल २०२४ मा अहिलेसम्म खेलेका म्याचहरूमा म्याक्सवेलको प्रदर्शन राम्रो रहेन । उनले यो सिजन खेलेका ६ इनिङ्समा ३२ रन मात्र बनाएका छन् । जसमा उनी तीन पटक शून्यमा आउट भएका थिए ।

तर, आईपीएल आउनुअघि उनी उत्कृष्ट फर्ममा थिए । उनले गत वर्ष नोभेम्बरदेखि आईपीएल सुरु हुँदासम्म खेलेका १७ टी–२० खेलमा ४२.४६ को औसत र १८५.८५ को स्ट्राइक रेटमा ५५२ रन बनाएका थिए। यस अवधिमा उनले दुई शतक पनि बनाए ।

हैदरावादविरुद्ध प्लेइङ इलेभेनबाट बाहिर राख्न गरेका थिए अनुरोध

आइपिएलको शुरुवाती खेलमा खराब प्रदर्शनका कारण उनले सोमबार हैदरावादमा सनराइजर्स हैदरावादविरुद्धको खेलबाट बाहिरिएका थिए ।

ग्लेन म्याक्सवेल आफूले नै सकारात्मक योगदान दिन नसकेको महसुस गरेको कारण फिर्ता लिने निर्णय गरेको बताए । उनले भने, ‘सुरुका खेलहरूमा मेरो प्रदर्शन राम्रो थिएन । यस्तो अवस्थामा मलाई यो निर्णय लिन सजिलो भयो । मैले अन्तिम खेलपछि कप्तान फाफ डु प्लेसिस र प्रशिक्षकहरूसँग कुरा गरेँ र अरू खेलाडीलाई मौका दिनुपर्छ भनें। मलाई लाग्छ मेरो यो मानसिक र शारीरिक रूपमा आराम गर्ने सही समय हो।’

म्याक्सवेलले टोलीको प्रदर्शनलाई ध्यानमा राख्दै यो निर्णय सहज भएको बताए । उनले भने, ‘हाम्रो टोलीले अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेको छैन । मेरो आफ्नै प्रदर्शनले पनि टोलीको प्रदर्शन झल्काउँछ। हामीले पछिल्लो केही सिजनमा पावरप्ले र मध्य ओभरमा राम्रो प्रदर्शन गर्थ्यौं, तर यसपटक धेरै कमी छ। मैले सकारात्मक योगदान दिन नसकेको महसुस गरें।’

म्याक्सवेललाई लाई हेर्दा अरु खेलाडीलाई मौका दिनु उचित हुनेछ । यो ठाउँमा नयाँ खेलाडीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

जारी सिजनमा आरसीबीले खेलेका सात खेलमध्ये एक खेल मात्र जितेको छ । टोली दुई अंकको साथ अंकतालिकाको पुच्छरमा रहेको छ । अब छनोट हुन आरसीबीले सबै खेल जित्नुपर्ने दबाब छ ।