२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको बीचमा ब्रेक लिँदै म्याक्सवेलले भने: मानसिक रूपमा तयार भएर फर्किन्छु



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले आईपीएल २०२४ बाट केही समयको लागि ब्रेक लिएका छन् । यद्यपी उनी कहिले फर्कने भन्ने टुंगो छैन । आफूलाई मानसिक र शारीरिक आराम दिन म्याक्सवेलले यस्तो गरेका हुन् ।

आईपीएल २०२४ मा अहिलेसम्म खेलेका म्याचहरूमा म्याक्सवेलको प्रदर्शन राम्रो रहेन । उनले यो सिजन खेलेका ६ इनिङ्समा ३२ रन मात्र बनाएका छन् । जसमा उनी तीन पटक शून्यमा आउट भएका थिए ।

तर, आईपीएल आउनुअघि उनी उत्कृष्ट फर्ममा थिए । उनले गत वर्ष नोभेम्बरदेखि आईपीएल सुरु हुँदासम्म खेलेका १७ टी–२० खेलमा ४२.४६ को औसत र १८५.८५ को स्ट्राइक रेटमा ५५२ रन बनाएका थिए। यस अवधिमा उनले दुई शतक पनि बनाए ।

हैदरावादविरुद्ध प्लेइङ इलेभेनबाट बाहिर राख्न गरेका थिए अनुरोध

आइपिएलको शुरुवाती खेलमा खराब प्रदर्शनका कारण उनले सोमबार हैदरावादमा सनराइजर्स हैदरावादविरुद्धको खेलबाट बाहिरिएका थिए ।

ग्लेन म्याक्सवेल आफूले नै सकारात्मक योगदान दिन नसकेको महसुस गरेको कारण फिर्ता लिने निर्णय गरेको बताए । उनले भने, ‘सुरुका खेलहरूमा मेरो प्रदर्शन राम्रो थिएन । यस्तो अवस्थामा मलाई यो निर्णय लिन सजिलो भयो । मैले अन्तिम खेलपछि कप्तान फाफ डु प्लेसिस र प्रशिक्षकहरूसँग कुरा गरेँ र अरू खेलाडीलाई मौका दिनुपर्छ भनें। मलाई लाग्छ मेरो यो मानसिक र शारीरिक रूपमा आराम गर्ने सही समय हो।’

म्याक्सवेलले टोलीको प्रदर्शनलाई ध्यानमा राख्दै यो निर्णय सहज भएको बताए । उनले भने, ‘हाम्रो टोलीले अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेको छैन । मेरो आफ्नै प्रदर्शनले पनि टोलीको प्रदर्शन झल्काउँछ। हामीले पछिल्लो केही सिजनमा पावरप्ले र मध्य ओभरमा राम्रो प्रदर्शन गर्थ्यौं, तर यसपटक धेरै कमी छ। मैले सकारात्मक योगदान दिन नसकेको महसुस गरें।’

म्याक्सवेललाई लाई हेर्दा अरु खेलाडीलाई मौका दिनु उचित हुनेछ । यो ठाउँमा नयाँ खेलाडीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

जारी सिजनमा आरसीबीले खेलेका सात खेलमध्ये एक खेल मात्र जितेको छ । टोली दुई अंकको साथ अंकतालिकाको पुच्छरमा रहेको छ । अब छनोट हुन आरसीबीले सबै खेल जित्नुपर्ने दबाब छ ।