१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेला परे भुतिया दह



अ+ अ-

इटहरी । उदयपुरको बेलका नगरपालिका–५ अवस्थित ३५ फिट गहिरो भुतिया दह फेला परेको छ । कोशी पुलबाट १८ किलोमिटर दूरीमा रहेको दह पुग्न पैदल यात्रा गरी जाँदा करिब एक घण्टा लाग्ने जनाइएको छ ।

त्यसैगरी सवारीमा पौने घण्टापछि १५/२० मिनेट पैदल हिँडेर दह पुग्न सकिन्छ । पौडी खेल्न, नुहाउन, पिकनिक खान, हाइकिङ जान र सेल्फी खिच्न यो दहमा आउनेहरू धेरै भएको वडा अध्यक्ष गोविन्दकुमार खड्काले बताउनुभयो ।

स्थानीय सरकारले दहको विकास गर्न रु सात करोड छुट्इयाई आयोजनाको डीपीआर समेत तयार गरेको खड्का बताउँछन् । रासस