• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

माधव नेपालको असन्तुष्टि अन्त्य गर्न खनाल अस्त्रको प्रयोग !



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहालले बालुवाटारमै बोलाएर खनालसँग छलफल गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकार गठनमा समाजवादीले नेपाली कांग्रेसलाई साथ दिएपछि सत्ता गठबन्धनभित्र विवाद छ ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ । अध्यक्ष माधव नेपालले प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

यसै विषयमा प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबीच छलफल भएको बताइएको छ । एक प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएको समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको पक्षमा उभिएपछि सो प्रदेशमा नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

प्रधानमन्त्री दाहालले नेता खनाललाई गठबन्धनबाट नबाहिरिन आग्रह गरेका छन् । उनले सुदूरपश्चिम प्रदेश सरकार गठन पनि अहिलेकै गठबन्धनबाट बनाउनुपर्ने भएकाले विपक्षी कांग्रेससँग नमिसिने आग्रह गरेका छन् ।

त्यसो त नेता खनाल सुदूरपश्चिम प्रदेश सरकार गठनमा कांग्रेसलाई साथ दिने पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्णयप्रतिसमेत असन्तुष्ट छन् । उनले अहिलेकै गठबन्धनलाई बलियो बनाउनुपर्ने र आफ्नो पार्टीका केही माग भने सम्बोधन गर्नुपर्ने बताएका छन् ।

जवाफमा प्रधानमन्त्री दाहालले सबै विषय सहमतिबाटै गरिने भएकाले हतार नगर्न नेता खनाललाई आग्रह गरेको बताइएको छ ।

गठबन्धनप्रति नेता नेपालले तीव्र असन्तुष्टि जनाएपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनालको अस्त्र प्रयोग गर्न खोजेको विश्लेषण हुँदै आएको छ ।