२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज बन्छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने दाबी गर्नुभएको छ ।

सोमवार नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’गर्दै प्रधानमन्त्री दाहालले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपालको भौगोलिक बनोटका आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनको लागि नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने बताउनु भयो । प्रधानमन्त्री दाहालले नागढुंगा सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै नेपाल सुरुङ युगमा प्रवेश गरेको बताउनु भयो ।

उहाँले सुरुङ मार्गको ‘ब्रेक–थ्रु’ भएर निर्माण सम्पन्न भएपश्चात नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक,सडक सुरक्षाका हिसावले कायम रहेको जोखिम, वर्षा याममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्या समाधान गर्नका लागि यो आयोजनाको परिकल्पना गरिएको बताउनु भयो । उहाँले सुरुङ मार्ग निर्माणपश्चात सुरुङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालनको खर्च घटाउने बताउनु भयो । ट्राफिक र सडक सुरक्षामा सुधार गरी काठमाडौं र देशका अन्य प्रमुख शहरहरु बीचको सहज यातायाता सञ्जालमा योगदान पुर्‍याउने उहाँको भनाई छ ।

प्रधानमन्त्री दाहालले आगामी योजनामा राष्ट्रिय राजमार्गहरुमा सुरुङ मार्ग,फ्लाइओभर तथा अण्डरपास सहितको आधुनिक सडक सञ्जाल बिस्तार तथा निर्माण गर्ने सरकारको नीति रहेको बताउनु भयो । उहाँले सुरुङ निर्माणमा नेपाली र जापानका इन्जिनियरहरुबीचमा जस्तो सहकार्यले नेपाली इन्जिनियरहरुले पनि आउने दिनमा सुरुङ मार्ग निर्माणमा महत्वपूर्ण योगदान गर्ने बताउनु भयो । उहाँले सडक सञ्जालको माध्यमबाट अन्तरआवद्धता बिस्तार गरी आवागमनमा सहजता,यातायात लागतमा न्युनता र प्रादेशिक सन्तुलन कामय गर्ने गरी सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्यमा रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको ‘भर्चुअल मनिटरिङ’ गरिरहेको बताउनु भयो । उहाँले सुनकोशी मरिन डाइभर्सन सिंचाई आयोजनाको पनि सुरुङ छिट्टै ‘ब्रेक–थ्रु’ हुने उल्लेख गर्नुभयो । उहाँले निर्माणाधीन कोशी, कर्णाली करिडोरहरूले पहाडी क्षेत्रलाई तथा काठमाडौं तराई–मधेस फास्ट ट्रयाकले पहाड मधेसलाई सडक सञ्जालमा जोड्ने मात्र नभएर वस्तु तथा सेवाको लागत घटाउने बताउनु भयो । प्रधानमन्त्री दाहालले यस्ता परियोजनाहरूले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नयाँ वर्षको सुरुवातसँगै नेपालकै पहिलो ऐतिहासिक सुरुङ मार्गको मुख्य सुरुङको ब्रेक थु्र गर्न पाउँदा हर्ष र गर्व लागेको छ । पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम उकालो सडक,सडक सुरक्षाका हिसावले कायम रहेको जोखिम सार्थ वर्षायाममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्या समाधान गर्नका लागि यो आयोजनाको परिकल्पना गरिएको हो । फलस्वरुप सुरुङ मार्ग निर्माणपश्चात सुरुङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालनको खर्च घटाउनेछ । साथै ट्राफिक र सडक सुरक्षामा सुधार गरी काठमाडौं र देशका अन्य प्रमुख शहरहरु बीचको सहज यातायाता सञ्जालमा योगदान पुर्‍याउनेछ । यस सुरुङ मार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरुङ सम्बन्धि दस्ताबेज निर्माण हुनेछ । यसले नेपाललाई सुरुङ युगमा टनेलको एउटा नयाँ युगमा पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

‘आगामी योजनामा राष्ट्रिय राजमार्गहरुमा सुरुङ मार्ग,फ्लाइओभर तथा अण्डरपास सहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहेको छ । सुरुङमा निर्माणमा नेपाली र जापानका इन्जिनियरहरुबीचमा जस्तो सहकार्य भएको छ । त्यसले नेपाली इन्जिनियरहरुले पनि आउने दिनमा सुरुङ मार्ग निर्माणमा महत्वपूर्ण योगदान गर्नेछन् । सडक सञ्जालको माध्यमबाट अन्तरआवद्धता विस्तार गरी आवागमनमा सहजता यातायात लागतमा न्युनता,भौगोलिक तथा जनसाङखिक निकटता र प्रादेशिक सन्तुलन कामय गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरुङमार्ग निर्माणले ठूलो भुमिका खेल्ने विश्वास लिएको छु । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका विकास योजनाहरु समयमा नै सम्पन्न गर्ने सरकारले हर प्रयास र मेहनत गरिरहेको छ । त्यसको लागि प्राधनमन्त्री कार्यालयबाट आयोजनाहरुको भर्चुल नियमन गर्दै आएको छु । सुनकोशी मरिण सिंचाई आयोजनाको पनि छिटै ब्रिक थु्र हुन गईरहेको छ । यस्ता आयोजनाहरुले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्ने विश्वास छ ।’

उहाँले नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । उहाँले वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिको लाग्ने खर्च घटाउँदै प्रतिष्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौंबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगर लगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रुतमार्गहरू बनाउनुपर्ने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट निजी क्षेत्रलाई उत्साहित बनाउने र नेपालमा ठूला पूर्वाधार विकासमा लगानी आकर्षित गराइने बताउनु भयो ।