२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

कोभिडमा उच्च योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई ‘बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मान’ प्रदान

कोभिडमा उच्च योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई ‘बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मान’ प्रदान
अ अ+ अ-

काठमाडौं । बारबरा फाउन्डेसनले कोरोना महामारीका क्रममा अग्रपंक्तिमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्ति तथा संस्थालाई ‘बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गरेको छ । फाउन्डेसनले शुक्रबार काठमाण्डौमा विशेष कार्यक्रम गरी कोभिड महामारीको जोखिमका बेला ज्यान जोखिममा राखेर भूमिका निर्वाह गरेका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी, पत्रकार र संस्थागत गरि १९ जनालाई सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा कोरोना महामारीको जोखिमका समयमा जनस्वास्थ्यका विषयमा समाचार तयार पारी सेवा दिए वापत न्यूज एजेन्सी नेपाललाई संस्थागत रुपमा बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान प्रदान गरिएको छ । पुरस्कारको राशी ५० हजार १ रुपैयाँ रहेको छ । त्यसैगरी पत्रकारहरु फातिमा बानु, वर्षा शाह र सागर बुढाथोकीलाई पत्रकारिता तर्फ कोभिड १९ विशिष्ट पुरस्कार प्रदान गरिएको छ । 

त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्राध्यापक डाक्टर सुबास प्रसाद आचार्यलाई १ लाख १ रुपैयाँ सहित सम्मान गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डाक्टर अनुप बास्तोला, कोशी अस्पताल विराटनगरमा कार्यरत डाक्टर डेन प्रसाद आचार्य लाई जनही ६० हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ ।

नर्सिङ तर्फ बीर अस्पतालमा कार्यरत नर्स ज्योति हमाल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा कार्यरत स्टाफ नर्स सपना रावल, सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत भगवती बडाल र नारायणी अस्पताल वीरगञ्जमा कार्यरत नर्स श्रुती साहलाई सम्मान गरिएको छ ।

यस पुरस्कारको राशी जनही ५० हजार १ रुपैयाँ रहेको छ । त्यसैगरी स्वास्थ्य सहयोगी कर्मचारी तर्फ भेरी अस्पतालकी सुशीला भण्डारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रमेश काफ्लेलाई जनही ५० हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ । साथै आरएनए १६ स्वयंसेवी समूह भक्तपुरलाई भने ६० हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ ।

संस्थागत तर्फ पाटन अस्पताल, ललितपुर, सामुदायिक प्राकृतिक चिकित्सालय नवलपुर, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीलाई बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मानबाट सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबै व्यक्तित्वलाई सम्मान गर्नुभएको थियो । फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतले सम्मानित व्यक्ति तथा संस्थालाई बधाई अनि शुभकामना दिदै संकटको बेला अग्रभागमा रहेर भूमिका निर्वाह गरेका सबैको सम्मानको रुपमा बुझिदिन अनुरोध गर्नुभयो ।

कोभिडमा उच्च योगदान पुर्याएका व्यक्ति छनौटका लागि फाउन्डेसनले पत्रकारितातर्फ र स्वास्थ्य क्षेत्र तर्फका दुईवटा छुट्टा छुट्टै निर्णायक समिति गठन गरेको थियो । पत्रकारिता तर्फ वरिष्ठ पत्रकारहरु युवराज घिमिरे, सुधीर शर्मा, टिकाराम यात्री र स्वास्थ्य क्षेत्र तर्फ डाक्टर भगवान कोइराला, डाक्टर लोचन कार्की, प्राध्यापक गोमादेवी निरौला र लक्ष्मी तामाङ निर्णायक समितिमा रहनुभएको थियो ।