१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको पर्खाइमा भिमादको सिद्ध गुफा (फोटोफिचर)



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा रहेको सिद्ध गुफा ओझेलमा परेको छ  । प्राकृतिक सुन्दरताले भरिपूर्ण सिद्ध गुफाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो ।

गुफा भित्र प्रवेश गर्नेवित्तिकैको पहिलो तलामा झन्डै ३ सयजना बस्न मिल्छ । गुफाभित्र चुन पग्लेर बनेको भगवानका आकृति छन् । तीन तलासम्म मज्जाले हिंड्डुल गर्न मिल्छ । सुरुमा यो गुफा ९ तलासम्म रहेको बताइन्छ । प्रत्येक तलाहरु आकर्षक चित्रात्मक कलाले भरिपूर्ण छन् । गुफाभित्र प्राकृतिक रुपमै बनेका मानव अस्थिपञ्जर, पशु शरीरका आकृति, भगवानका मूर्तिका आकृतिहरु देख्न सकिन्छ ।

गुफा नजिकै चमेरो गुफा पनि छ । चमेरो गुफा ३ किलोमिटर लामो छ । यो नेपालकै लामो भएको बताइन्छ । चमेरो गुफाभित्र पातालगंगा रहेको छ ।

सिद्ध गुफा र चमेरो गुफाको बीचमा हावाको लहरी चल्छ । यो नै सिद्ध गुफा र चमेरो गुफाको अनुपम रहेको छ ।

कसरी पुग्न सकिन्छ ?
पाल्पा, स्याङ्जा, नवलपरासी र तनहुँ जिल्लाको व्यापारिक केन्द्र भिमाद बजारदेखि ४ किमि पश्चिममा रहेको यो गुफा वडा नं ९ मा पर्दछ । पृथ्वी राजमार्गको खैरेनीटारबाट ७ किमि दक्षिणमा रहेको भिमाद बजारको पश्चिमतर्फ बगेको जिदीखोलामा पुगेपछि मिर्दी – भिमाद मोटरमार्ग र सिद्ध गुफा मोटरमार्ग छुट्टीन्छ । जिदीखोलाको किनार किनार पश्चिम गएपछि भिमाद ९ धन्दुर मरुवा चौतारी पुगिन्छ । यहीँबाट सिद्धगुफा क्षेत्र आरम्भ हुन्छ । यस सिद्ध गुफाको चारैतिर हरियो जंगल छ ।