२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटु हिमालको आरोहण गर्ने निर्मल पुर्जासहितको टोलीलाई पूर्वराजा ज्ञानेन्द्रको बधाई



अ+ अ-

काठमाडौंः पूर्व राजा ज्ञानेन्द्र शाहले हालै विश्वको दोस्रो अग्लो पाकिस्तानको केटु हिमालको सफल आरोहण गरेकामा नेपाली आरोही निर्मल पुर्जासहितको आरोहण दललाई बधाई ज्ञापन गर्नुभएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा भनिएको छ, हिउँदको सर्वाधिक चिसो मौसममा पनि साहसका साथ गरेको यो आरोहणमा म हार्दिक बधाई एवं सम्मानभाव प्रकट गर्दछु ।

त्यस विज्ञप्तिमा उहाँले गत वर्ष मात्रै सगरमाथा हिमालसहित आठ हजार मिटर अग्ला विश्वका चौधवटा हिमाल छ महिना छ दिन लगाएर आरोहण गरी विश्व कीर्तिमान बनाएका नेपाली निर्मल पुर्जासहितको नेपाली आरोहीहरुको टोलीले यो केटु हिमाल आरोहण गरेकोमा आफूलाई निकै खुशी लागेको उहाँले सो विज्ञप्तिमा भन्नुभएको छ ।

साथै पूर्व राजा ज्ञानेन्द्रले नेपाल विश्वका अनेकौँ उच्चतम हिमाल रहेको देश हो र अनेकौँ साहसी आरोही तथा पथप्रदर्शक र प्रेरकहरुको मुलुक हो भन्नुभएको छ ।