• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्‍यो: ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी)ले अराजनीतिक निर्णय गरेको बताएका छन् ।

एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा एकीकृत समाजवादीले कांग्रेस गठबन्धनलाई साथ दिएर दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको बताए ।

राजनीतिक समीकरण परिवर्तन गरेर मुलुक र जनतामा आशाका किरण फर्कन लागेका बेला एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर निराशा थप्ने काम गरेको बताए । उनले भने, ‘हिजो मात्रै एस भन्ने पार्टी छ । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नाउपालाई मुख्यमन्त्री दिन नसक्ने । तर कांग्रेससँग नजिक भएर जाँदा नाउपालाई दिन सक्ने भनेर अराजनीतिक निर्णय लियो । जसले गर्दा सही दिशामा राजनीति फर्कँदै थियो त्यसबेला निराशा पैदा हुने गरी कदम चाल्यो ।’

आन्तरिक रुपमा नेकपा एसको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको उनले बताए । उनले भने, ‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो । कम्युनिस्ट बोर्ड राख्ने काम चाही विदेशीको हितमा काम गर्ने गरेको देखियो । तर यसले केही फरक पार्नेवाला छैन ।’